Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

लियन शिक्षकमा विभागको निर्देशन जिशिकाद्धारा उल्लंघन

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । आफुले स्थायी नियुक्ति पाएको दरबन्दीमा अन्य शिक्षक (लियन) राखी माथिल्लो दरबन्दीको सेवासुविधा लिइरहेका शिक्षकलाई आफ्नै दरबन्दीमा फर्काउन तथा लियन शिक्षकको व्यवस्थापन गर्न शिक्षा मन्त्रालयले चार महिनाअघि दिएको दिर्नेशन जिल्ला शिक्षा कार्यालय काठमाडौले अझै पालना गरेको छैन् । 

मन्त्रालयको निर्णयलाई बेवास्ता गर्दै जिशिकाले आफुखुसी शिक्षक सरुवा र पदस्थापन गर्दा लियन शिक्षक समस्यामा परेका छन् । 

जिशिकाको मनपरीविरुद्धमा मन्त्रालय र विभागका अधिकारीलाई पटकपटक जानारी गराउँदा पनि सुनुवाई नभएपछि शिक्षक आन्दोलित भएका छन् । 

मन्त्रालयको गत साउन २१ गते आफ्नो पदमा अन्य शिक्षक (लियन शिक्षक) राखेकालाई आफ्नै तहमा पढाउने व्यवस्था गर्ने निर्णय गरेर कार्यान्वयनका लागी शिक्षा विभागलाई निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशनअनुसार विभागले साउन २४ गते स्थायी र लियन दुबै दरबन्दीमा कार्यरत शिक्षकका समस्या समाधान गर्न जिल्ला शिक्षा कार्यालयहरुलाई पत्राचार गरेका थिए । 

(अन्नपूर्णपोष्ट दैनिकमा सुर्य पाण्डेले समाचार लेखेका छन्।)

 

 

 

 

प्रतिक्रिया