Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शैक्षिक विकासमा प्रधानमन्त्रीको जोड

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शैक्षिक विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।   झापाको दमक बहुमुखी क्याम्पसको ३५ आँै वार्षिकत्सव तथा छैठौ क्याम्पससभाको बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको शिक्षा अन्तर्राष्ट्रिय तहमै प्रतिस्पर्धायोग्य हुनुपर्ने धारणा राखेका थिए ।  

देश विकास शैक्षिक विकासबाट मात्र सम्भव हुने भएकाले समयअनुसार शैक्षिक क्षेत्र सुधार गर्न सरकारले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । 

दमक बहुमुखी क्याम्पसले उठाउँदै आएको प्राविधिक शिक्षाको मागलाई पूरा गराउन सरकारको तर्फवाट सहयोग रहने विश्वास दिलाउँदै उहाँले उपयुक्त शैक्षिक नीति बनाउनेतर्फ सरकारले ठोस काम अघि बढाएको उल्लेख गरे ।  

सोही अवसरमा प्रधानमन्त्री ओलीले क्याम्पसका मुख्य जग्गादाता स्व डम्बरबहादुर अधिकारीको स्मृतिमा निर्माण गरिने अर्धकदको शालिक र क्याम्पसका अर्का जग्गादाता स्व खड्गबहादुर थापाको स्मृतिमा निर्माण गरिने प्रवेशद्वारको समेत शिलान्यास गरेका थिए । 

सो अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ,शिक्षासेवी पूर्णानन्द शर्मा, सञ्चालक समितिका पूर्व सदस्य धनबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । 

 

(रासस) 

 

प्रतिक्रिया