Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालयमा विधुतीय हाजिरी राख्न आग्रह 

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । सार्वजनिक विद्यालयको शैक्षिकस्तर सुधारका लागी विद्यालय तहमा विधुतीय हाजिरी लागु गरिनुपर्ने सुझाव विद्यालयका प्रधानाध्यापकहरुले दिएका छन् । 

विद्यालयका शिक्षकलाई पुरा समय विद्यालयमा राख्न निकै चुनौतिपूर्ण भएको भन्दै प्रअहरुले विद्युतीय हाजिरीलाई त्यसको विकल्पका रुपमा अघि सारेका हुन् । 

विद्यालय तहको शिक्षा सुधारका लागी के गर्नु उपयुक्त होला भनी जिल्ला शिक्षा कार्यालय काठमाडौँ र ग्लोबल एक्सन नेपालले संकलन गरेको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया