Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

सङ्घीयता सुहाउने शिक्षा नीति आउँछ – शिक्षामन्त्री

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १६ पुस । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सरकारले सङ्घीय प्रदेशसँग मेलखाने शिक्षा नीति तर्जुमा गर्न लागिरहेको बताएका छन् । 

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकारले नागरिकले अपेक्षा गरेअनुरुपको काम गर्न नसकेको स्वीकार्दै ग्यास, पेट्रोललगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि पनि प्रयास गरिरहेको दाबी गरे । 

एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहेका मन्त्री पोखरेलले जनताको सहभागितामा निर्माण गरिएको संविधानले मुलुकलाई आर्थिक समृद्धि, विकास तथा युगान्तकारी परिवर्तनको दिशामा अग्रसर गराउने विश्वास दिलाउँदै सीमाङ्कनका मुद्दालाई सहमतिबाट टुंगो लगाउने जिकिर गरे । 

शिक्षा भन्दा पार्टीगत कुरा बढी गरेका उनले शैक्षिक विकासमा संघीयताका आधारमा अघि बढ्ने धारणा राख्दै यसका लागी शैक्षिक संचरचना नै बदल्नुपर्ने बताए । 

अहिलेको वर्तमान अवस्थामा मुलुकका राजनीतिक दल फुटेर नभई जुटेर संविधानको कार्यान्वयनको दिशामा क्रियाशील हुनुपर्ने भन्दै सविधानले सबै नागरिकलाई समान अधिकार दिएको दाबी गरे ।  

(रासस) 

 

प्रतिक्रिया