Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

१ सय ४१ विद्यालयलाई भवन वितरण

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । भूकम्पले क्षति पु¥याएका खोटाङ जिल्लाका १४१ विद्यालयलाई भवन वितरण गरिएको छ । गत वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका जिल्लाका प्रावि, निमावि, मावि र उच्चमाविलाई गरी १४१ वटा भवन वितरण गरिएको हो । 

प्रावि र निमाविलाई दुईकोठे भवन १०१ तथा तीनकोठे १८ वटा भवन वितरण गरिएको जिल्ला शिक्षा अधिकारी केशव दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार मावि र उच्च माविलाई चारकोठे १४, छकोठे चार र आठकोठे चारवटा भवन वितरण गरिएको छ । 

भूकम्पले क्षति पुगेका विद्यालयका भवन निर्माण तथा मर्मतका लागि कार्यालयले रु एक करोड ७७ लाख बराबरको बजेटसमेत विनियोजन गरेको छ । शिक्षाले शौचालय, रेक्ट्रोफिटिङ, कक्षा कोठा मर्मत, फर्निचर मर्मत र खानेपानी व्यवस्थापनका लागि रु १४ लाख बजेट छुट्याएकोे छ । 

स्रोत केन्द्रबाट आवश्यक छानबिन गरेर क्षति पुगेका विद्यालयलाई भवन वितरण गरिएको कार्यालयले जनाएको छ । 

(रासस) 

 

प्रतिक्रिया