Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जाडोले कठ्यांग्रिन थाले विद्यार्थी 

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । भूकम्पले विद्यालय भवन भत्काएपछि अस्थायी सिकाई केन्द्रमा पढ्न बाध्य विद्यार्थी पुस लागेपछि बढेको चिसोका कारण कठ्यांग्रिन थालेका छन् ।  विकट डाडाँपारी क्षेत्रको च्याम्राङ्बेसी गाविसको चक्रेश्वर उच्च मावि कक्षा ६ मा अध्ययनरत सन्देश तिमिल्सेना चिसो बढेसंगै अस्थायी सिकाई केन्द्रमा पढ्न समस्या भएको छ। 

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बनाइएका अस्थायी टहराहरु घामपानीको समस्याले च्यातिन र मक्किन थालेका बताए ।  जाडो बढेसंगै जिल्लाका पाँच सय २७ जना विद्यालयका अस्थायी सिकाई केन्द्रमा अध्ययनरत ८० हजारभन्दा बढी विद्यार्थी विभिन्न समस्यामा पर्न थालेका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले बताए । 

अस्थायी सिकाई केन्द्र स्थानीय स्रोतसाधन बासँ, काठ, प्लास्टिक, टिन र त्रिपालले निर्माण गरेकाले घामपानीले मक्किएर जीर्ण हुँदा चिसोका कारण विद्यार्थी समस्यामा परेका छन् ।  भूकम्पपछि जिल्लामा केन्द्र निर्माणका लागी ५ सय २७ विद्यालयमा ७ करोड ३४ लाख ५० हजार रुपैया वितरण गरिएको थियो भने १ सय ७४ वटा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको थियो । 

(आजको अन्नपुर्णपोष्ट दैनिकमा श्रीराम केसीले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया