Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

महिनावरी हुँदा विद्यालयमै आराम 

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १३ पुस । महिनावरी भएपछि विद्यालय नआउने जाजरकोट भुरस्थित दिपेन्द्र उच्चमाविका छात्रा अचेल नियमित आउन थालेका छन् ।  विद्यालयका छात्राहरुको लागी महिनावरी हुँदा प्याड चेन्ज र आरामका लागी छुट्टै संविधानसम्पन्न घरको व्यवस्था गरिएपछि छात्रा नियमित विद्यालय आउन थालेका हुन् । 

सो विद्यालयको बाल क्लबको अगुवाईमा गाविसको लक्षित वर्गको बजेट अन्तर्गत २ लाख रुपिँयाबाट एककोठे पक्की आराम भवन बनाइएको छ।  सो भवनको सदुपयोगका लागी बहुआयामिक विकास अध्ययन मञ्चमार्फत छात्रबृत्ति तथा  प्याडको व्यवस्था गरिएको वातावरणीय कृषि तथा विकास केन्द्र (केड)का कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए ।

२० जना गरिब, विपन्न,  पाठेघर खसेका आमाका छोराछोरीहरुले ६ हजार रुपैयाँका दरले छात्रबृत्ति पाइरहेका विद्यालयका प्रधानाध्यापक बलदेव शाहले बताए । 

(आजको राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया