Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

उपकुलपतिद्वारा नीलकण्ठ क्याम्पसको निरीक्षण

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । त्रिभुन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले धादिङ नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको निरीक्षण गरेका छन् ।  

निरीक्षणपछि उपकुलति खनियाँले विद्युतीय प्रविधिबाट समेत अध्यापन गराउनु र छात्रको सङ्ख्याभन्दा छात्राको सङ्ख्या बढी हुनु खुसीको कुरा भएको बताउँदै आफ्नो तर्फबाट सक्ने सहयोग क्याम्पसलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।  

सो अवसरमा क्याम्पस स्थापनामा उल्लेखनीय योगदान पु¥याउनुभएका क्याम्पसका संस्थापक अर्जुनकुमार श्रेष्ठलाई उपकुलपति खनियाँले सम्मान गरेका थिए ।  

विसं २०५७ मा स्थापित उक्त क्याम्पसमा स्थापनाकालमा १२ जना विद्यार्थीबाट सुरु गरिएकामा हाल ८९३ विद्यार्थी अध्यनरत रहेको क्याम्पसले जनाएको छ । 

(रासस) 

 

प्रतिक्रिया