Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

लियन शिक्षकलाई व्यवस्थापन गर्न माग

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । लियन पदमा कार्यरत शिक्षकहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने मागसहित सोमबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र दिएका छन् । 

कुनै तहका शिक्षक माथिल्लो तहमा गएमा वा सरुवा भएमा सो स्थानमा केही अवधिका लागि नियुक्त गरिने त्यस्ता लियन शिक्षक काठमाडौँमा करिब १०० को सङ्ख्यामा छन् । 

जिल्ला शिक्षा अधिकारी शङ्करबहादुर गौतमसमक्ष आफूहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै उनीहरुले उचित व्यवस्थापनको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । 

शिक्षा अधिकारी गौतमले यो समस्यालाई कार्यविधि बनाएर समाधानतर्फ जानुपर्ने भन्दै आफूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए । 

काठमाडौँको शान्ति निकुञ्ज माविमा विगत २२ वर्षदेखि लियन शिक्षकका रुपमा अध्यापन गर्दै आउनुभएका रेणु शाहीले शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षा कार्यालयले आफूहरुको मागलाई बेवास्ता गर्दै झुलाइरहेको आरोप लगाए ।  

उनले बीसौँ वर्षदेखि लियन शिक्षकका रुपमा काम गरिरहेकाले अहिले विस्थापित हुने अवस्थामा पुगेको भन्दै आफ्ना मागलाई सम्बोधन नगर्ने हो भने आन्दोलनमा उत्रने चेतावनी दिए।  

(रासस) 

 

प्रतिक्रिया