Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

भूकम्पले भत्काएका विद्यालय बनाउने काम अन्यौलमा

आइतबार, १२ पुस २०७२

ओखलढुंगा - भुकम्पका कारण क्षति भएका सामुदायिक विद्यालयको भवन पुनः निर्माण कार्य अन्योल हुदाँ विद्यार्थीले सास्ति खेप्न बाध्य भएका छन् । सरकारी ढिलासुस्तीले सामुदायिक विद्यालय प्रतिको घट्दो साखलाई बल पुर्र्याएको  अभिभावक बताउँछन् ।

भुकम्पले क्षति पु¥याएका केही विद्यालयहरुमा अस्थायी सिकाइ केन्द्र स्थापना गरि पठन पाठन शुरु गरे पनि बढ्दो चिसोका कारण विद्यार्थीलाई समस्या भएको चौतारा मावि डाँडाखर्कका प्रधानध्यापक कमलबहादुर कट्वालले बताए ।

भूकम्प भएको यतिका समयसम्म पनि विद्यालय भवन निर्माण सम्बन्धी कुनै कार्यक्रम नआएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ  । विद्यालय भवन मर्मत र रेक्टोफिटिङ्गका लागि १ लाख देखि २ लाख ५० हजार सम्मको कोटा प्राप्त भएको र सो वितरण गर्ने काम सम्पन्न भएको कार्यालयका शाखा अधिकृत लेखराज कार्कीले बताए ।

भुकम्पका कारण ओखलढुंगाका ६ सय १३ कक्षा कोठा पुर्ण र ४ सय ८७ आंशिक क्षति भएको तथ्याङक छ ।

जिल्लाको माग र क्षतिलाई हर्ने हो भने शिक्षा विभागले निर्धारण गरेको कार्यक्रम प्रयाप्त नभएको कार्यालयका सुचना अधिकारी शंकरलाल श्रेष्ठले बताए ।
आर्थिक बर्ष शुरु भएको ६ महिना वितिसके पनि भुकम्प प्रभावित १४ जिल्लामा भएको  क्षतिको पुननिर्माण सम्बन्धी कार्यक्रमको निर्धारण गर्न शिक्षा विभागले ढिलाई गर्दा थप अन्यौल भएको छ ।

प्रकाशित मिति २०७२ पुस १२ गते

प्रतिक्रिया