Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अनमी परीक्षामा चरम लापरबाही 

आइतबार, १२ पुस २०७२

काठमाडौँ, १२ पुस । सोलुखुम्बु प्राविधिक शिक्षालयले शनिबार जुम्लामा सञ्चालन गरेको अनमी भर्ना छनोट परीक्षामा चरम लापरबाही देखिएको छ।  परीक्षा व्यवस्थापन र केन्द्र निर्धारणमा लापरबाहीपछि परीक्षार्थी मर्कामा परेका छन् । जिल्ला शिक्षा कार्यालयको व्यवस्थापनमा सञ्चालित परीक्षा बिहान ११ बजे शुरु हुनुपर्ने तालिमा रहे पनि एक घण्टा ढिलो भएको थियो । 

परीक्षार्थीलाई सदरमुकाम खलंगास्थित चन्दननाथ उमाविमा परीक्षाकेन्द्र निर्धारण गरिएको जानकारी दिइए पनि शुक्रबार साझँ केन्द्र परिवर्तन गरिएको थियो ।  पछिल्लो निर्णयअनुसार अनामनगरस्थित कर्णाली माविमा परीक्षा केन्द्र निर्धारण गरए गरिएको थियो । केन्द्र परिवर्तनबारे जानकारी नभएको चन्दननाथ उमाविका प्रअ टंक बहादुर महतले बताए ।

केन्द्र निर्धारणमा निकै चलखेल भएको उनको आरोप छ । तर, जिशिअ भण्डारीले भने सदरमुकाम आसपासका सबै विद्यालयमा परीक्षा सञ्चालनका लागी तयार रहन निर्देशन दिइएको बताए । 

(नागरिक दैनिकमा डिबी बुढाले समाचार लेखेका छन्।) 

 

प्रतिक्रिया