Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

जाडोले हिमाली भेगका विद्यालय बन्द 

आइतबार, १२ पुस २०७२

काठमाडौँ, १२ पुस । जाडोले पढाई सञ्चालन गर्न नसकिने अवस्था आएपछि मुगु जिल्लाको पुर्वी करान भेगका सामुदायिक विद्यालय बन्द गरिएका छन् । पुलु, किम्री, मुगु, डोल्फु र माग्री गाविसका गरी २६ वटा सामुदायिक विद्यालयको पठनपाठन बन्द गरिएका हुन् । 

जाडोले एक महिना पढाई बन्द हुने र यार्चा टिप्ने बेला असार साउनमा पनि विद्यालय बन्द हुदाँ पठनपाठनमा निकै समस्या हुने गरेको छ।  विद्यार्थी धेरै भएपछि कोर्स पुरा नभएपनि अर्ध बार्षिक परीक्षा लिने गरिएको छ। जिल्ला शिक्षा कार्यालयले पनि उच्च हिमाली भेगका २६ विद्यालयमा एक महिने जाडो विदा दिएको जनाएको छ। 

रुकुममा पनि विद्यालय बन्द 

जाडो बढेपछि माथिल्लो रुकुमका २ दर्जनभन्दा बढी विद्यालय बन्द भएका छन् । एक दर्जन भन्दा बढी गाविसमा बाक्लो तुषारोका कारण बढेको चिसोले निमोनियाँ र ज्वरो, रुघाखोकी, दम, र दीर्घखोकी हातखुट्टा नचल्ने विरामीहरु बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकाममा समेत माइनस ३ डिग्री सम्म तापक्रम झरेको छ। 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

 

 

प्रतिक्रिया