Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दृष्टिबिहिनमैत्री एसएलसी बनाउने प्रतिबद्धता 

शनिबार, ११ पुस २०७२

काठमाडौँ, ११ पुस । परीक्षा नियन्त्रक खगेन्द्र प्रसाद नेपालले एसएलसी परिक्षालाई दृष्टिबिहिनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एसएलसीमा सामान्य र दृष्टिबिहिन परीक्षार्थीलाई एउटै प्रश्नपत्र दिएर परीक्षा लिइने गरिएको छ। 

जसमा गणित, विज्ञान र सामाजिक विषयका प्रश्नपत्रको सय अंकमध्ये ४० अंक दृष्टिबिहीनमैत्री नरहेको पीडित विद्यार्थी तथा शिक्षकको धारणा छ ।बिहीबार राजधानीमा आयोजित अन्तरक्रियामा नेत्रीहिन युवा संघका अध्यक्ष कलाधार भण्डारीले यस्तो बताएका हुन् । 

त्यसैगरी परीक्षा केन्द्रसमेत दृष्टिबिहीनमैत्री हुनुपर्ने र सहायक लेखकलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने माग गरे । जवाफमा नियन्त्रक नेपालले सहयोगीलाई पारिश्रमिकको व्यवस्था गरिने बताएका थिए । हरेक बर्ष सयभन्दा बढी दृष्ट्रिबिहीन विद्यार्थीले एसएलसी दिदै आएका छन् । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया