काठमाडौं १७ वैशाख / भूकम्पमा परी गोर्खामा ४ शिक्षकको मृत्यु भएको छ । मुच्चोकटार नि.मा.वि.का शिक्षक इन्द्रलाल अधिकारी, मालेढुङ्गा प्रा.वि.का शिक्षक हरि अधिकारी तथा विद्यालय खुल्न नसकेका सरला गुरुङ र देवनारायण देवकोटाको मृत्यु भएको हो ।
मुच्चोकमा रहेको चतुर्माला उच्च माध्यामिक विद्यालयमा सञ्चालित तालिममा सहभागि मध्ये ४ शिक्षकको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए । ‘यो प्रारम्भिक बिवरण मात्रै हो यकिन बिवरण थप हुँदै जाने छ’ उनले भने ।
भूकम्पले पुर्याएको क्षतीको बिवरण संकलन गर्न मन्त्रालयले निर्देशन दिईसकेको छ । शिक्षा विभागद्धारा क्षतीको बिवरण संकलन शुरु
निर्देशनालयले मन्त्रालयमा पठाएको त्यस क्षेत्रको क्षतीको प्रारम्भिक बिवरण यस प्रकार छ :
जिल्ला : गोरखा
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
चतुर्माला उ.मा.वि., मुच्चोकमा तालिम सञ्चालन भैरहेको अवस्थामा ४ जना शिक्षकको मृत्यु भएको जानकारी ।
|
मृत्यु हुने शिक्षकहरुमा - इन्द्रलाल अधिकारी – मुच्चोकटार नि.मा.वि., - हरि अधिकारी – मालेढुङ्गा प्रा.वि., - सरला गुरुङ - देवनारायण देवकोटा |
२. |
जि.शि.का.को भवन पूरै चिराचिरा भएको |
मर्मत वा पुर्ननिर्माण नगरी कार्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको । |
३. |
३ जना शिक्षकहरु सपर्कविम्हिन |
विद्यालयतर्फ गइरहेको अवस्थामा सम्पर्क विहिन, तीमध्ये २ जना उहीया र १ जना केरौजाको रहेको जानकारी |
४. |
अधिकांश विद्यालयहरुको ९०% सम्म भौतिक क्षेत्री भएको |
पुर्ननिर्माण नगरीकन विद्यालय सञ्चालन हुने अवस्था नरहेको । |
पुनश्च :
- जिल्ला प्राकृतिक विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार १२ वटा गा.वि.स.हरुमा प्रति गा.वि.स. १ जना अधिकृत स्तरको कर्मचारी विवरण संकलनमा खटिएको अवस्था एवम् सो संकलन कार्य १ महिनासम्म लाग्नसक्ने अनुमान ।
- एसएलसी परीक्षा २०७१ को उत्तरपुस्तिका परीक्षण कार्य करिब अन्तिम चरणमा पुगेको र उक्त कापिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी कपि परीक्षण कार्य भैरहेको ।
जिल्ला : लमजुङ
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
६२ विद्यालय क्षतिग्रस्त भएको |
सो मध्येपनि २० विद्यालयहरु सञ्चालन नै हुन नसक्ने अवस्थामा र अन्यको सामान्य मर्मत सम्भारपछि सञ्चालन गर्न सकिने अवस्था |
२. |
जि.शि.का.को भवन आंशिकरुपमा चर्केको |
मर्मतसम्भार गर्नुपर्ने |
जिल्ला : स्याङ्जा
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
५७ वटा विद्यालयमा सामान्य क्षति |
सो मध्ये १० वटा विद्यालयहरुका केही कोठाहरु पूर्ण मर्मतपछि मात्र सञ्चालन गर्न सकिने अवस्था |
जिल्ला : तनहुँ
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
३५ वटा विद्यालयहरुमा आंशिकरुपमा क्षति |
|
जिल्ला : कास्की
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
२६ वटा विद्यालयहरुमा आंशिकरुपमा क्षति |
२ वटा विद्यालयमा कक्षा सञ्चालन गर्नै नसकिने अवस्था |
जिल्ला : रुपन्देही
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
जि.शि.का.को भवन चर्केको |
|
२. |
६ वटा विद्यालय भवनहरु चर्केको |
|
जिल्ला : बाग्लुङ
क्र.सं. |
क्षतिको विवरण |
कैफियत |
१. |
१०० वटा विद्यालयहरु क्षतिग्रस्त |
सो मध्ये २० वटा विद्यालयहरुमा मर्मत नगरी कक्षा सञ्चालन गर्न नसकिने अवस्था रहेको |
प्रतिक्रिया