Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

एमबीबीएस प्रवेश परीक्षामा अनियमितता, उत्तर पुस्तिका क्रान्तिकारीको कब्जामा

सोमबार, ०६ पुस २०७२

काठमाडौ - काठमाडौं विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजहरुमा एमबीबीएस भर्नाका लागि लिईएको परीक्षामा अनियमितता भएको भन्दै विप्लब निकट अखिल क्रान्तिकारीले  विद्यार्थीका उत्तरपुस्तिका कब्जामा लिएको छ ।

नेपाल मेडिकल कलेज जोरपाटीमा सोमबार भएको परीक्षामा अनियमितता भएको भन्दै १२ वटा उत्तर पुस्तिका कब्जामा लिएको सँगठनका केन्द्रिय सदस्य नरेन्द्र विकले बताए । परीक्षामा करिव २० जना विद्यार्थी सहभागि थिए ।
एमबीबीएस अध्ययनका लागि निर्धारण गरिएको ३५ लाख रुपैयाँमा पढाउन नसकिने भन्दै  विदेशी विद्यार्थीबाट धेरै शुल्क लिन पाईने भएपछि सहभागी सबै विद्यार्थीलाई पास गराउने गरी ब्यवस्था मिलाएको स्रोतको दाबी छ ।

विश्वविद्यालयको प्रवेश परीक्षा उत्र्तिण नेपाली विद्यार्थीलाई अवसर नदिई महंगो शुल्क लिन पाईने भएकाले कलेजहरुले विश्वविद्यालयलाई रिझाउदैं मिलोमतोमा परीक्षाको प्रवन्ध मिलाउँदै आएका छन् । केयुले नेपाली विद्यार्थीका लागि यसअघि नैं प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेको छ ।

चिकित्सा शिक्षाको बेथितीका बारेमा अध्ययन गर्न त्रिविका उपकुलपति केदार भक्त माथेमा संयोजकत्वको आयोगले विदेशी विद्यार्थीलाई पनि अनिवार्य रुपमा प्रवेश परीक्षा सहभागी गर्न सिफारिस गरेको थियो तर विश्वविद्यालयले उक्त सिफारिसको  वेबास्ता गर्दैं विदेशी विद्यार्थी भर्ना लिएर अध्यापन शुरु गरेका थिए ।

अर्काे बर्षबाट मात्र माथेमा आयोगको सिफरिशलाई लागु गर्ने जानकारी गराउदैं विदेशी विद्यार्थीबाट महंगो शुल्क लिएर भर्ना लिएपछि एक नेपाली विद्यार्थीले सर्वाेच्च अदालतमा रिट दायर गरेका समेत छन् । 

अदालतले विदेशी विद्यार्थीले पनि प्रवेश परीक्षा पास गरेको हुनपर्ने ब्यहोराको निर्देशन सहित रिटको फैसला गरेपछि केयुले सोमबार परीक्षा लिएको हो । तर, विदेशी विद्यार्थीका लागि परीक्षाको तयारी गरिएपनि विश्वविद्यालयले लिनु पर्ने परिक्षा आन्तरिक रुपमा कलेजहरुले विद्यार्थीलाई उत्र्तिण गराउने ग्यारेण्टी सहित लिने प्रवन्ध मिलाएको भन्ने सूचनाका आधारमा आफूूहरु कलेज जाँदा अनियमितता फेला पारेको विकले बताए । घटनाका बारेमा कलेजले कुनै प्रतिकृया सार्वजनिक गरेको छैन ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले घटनाको अनौपचारिक जानकारी आए पनि विश्वविद्यालयले आग्रह गरेमा मात्रै मन्त्रालयले थप अनुसन्धान गर्ने बताए ।

यस अघि नै केयु अन्र्तगतका विभिन्न कलेजमा भर्ना भएका करिब ४ सय विद्यार्थीले परीक्षाको तयारी गरिरहेका छन् । परीक्षामा उत्र्तिण हुने विद्यार्थीले मात्र अध्ययनको अवसर पाउछन् ।

प्रकाशित मिति २०७२ पुस ६ गते

प्रतिक्रिया