Edukhabar
बुधबार, ०३ बैशाख २०८२
गतिविधि

बरालले राजिनामा दिएको १६ औं दिनमा केसीलाई  जिम्मेवारी तोकियो

दुई दिन अघि नै जिम्मेवारी तोकिएको भन्दै प्रधानमन्त्री सचिवालयबाट बल्ल सार्वजनिक

मंगलबार, ०२ बैशाख २०८२

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिईएको छ । 

प्रधानमन्त्री केपी ओलीसँगको असहमतीका कारण गत चैत १६ गते उपकुलपति प्रा.डा. केशरजंग बरालले राजिनामा दिएका थिए ।

पढ्नुहोस् : त्रिविका उपकुलपतिले दिए राजीनामा

उनले राजिनामा दिएको १३ औं दिनमा बल्ल स्विकृत गरिएको थियो ।

पढ्नुहोस् : बरालको राजिनामा स्विकृत, निमित्त को ?

गत चैत २८ गते उनको राजिनामा स्विकृत गरिए पनि उपकुलपतिको जिम्मेवारी कसैलाई तोकिएको थिएन । 

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले गत आईतबार (चैत ३१ गते) केसीलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले मंगलबार बल्ल सार्वजनिक गरेको छ । 

विश्वविद्यालयको कुनै पद रिक्त भएमा पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम् प्राध्यापकलाई तोक्न सक्ने विश्वविद्यालय ऐनमा व्यवस्था छ । अब यही तीन महिनको बिचमा नयाँ उपकुलपति छनोट प्रकृया पुरा गर्नु पर्ने हुन्छ । 

यि सामग्री पनि पढ्नुहोस् :  एमाले अध्यक्ष ओलीले भाग खोज्दा त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्ति ढिलाइ

त्रिविको उपकुलपतिमा बराल

शिक्षामन्त्री र उपकुलपतिको जीत

 प्रधानमन्त्रीको दवावमा अन्तिम समयमा रोकियो नीति तथा कार्यक्रम

प्रतिक्रिया