Edukhabar
मंगलबार, ०२ बैशाख २०८२
गतिविधि

शिक्षा ऐन चाँडै आउँछ, शिक्षक आन्दोलन जरुरी छैन : प्रधानमन्त्री

उपकुुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको दावि

शुक्रबार, २९ चैत्र २०८१

रुपन्देही - सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आफूहरुको वृत्ति विकासका विषय समेटेर शिक्षा ऐन जारी गर्न माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरु १० दिन देखि काठमाण्डौं केन्द्रित सडक प्रर्दशन र शैक्षिक हड्तालमा छन् ।

अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको भएको दावी गर्दै उनले आन्दोलमा रहिरहन नपर्ने बताएका हुन् । 

'समस्याहरु छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।' उनले भने ।    

नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बुटवलमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिको राजिनामाको प्रसंग पनि उप्काएका छन् । उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको बताउँदै उनले उपकुुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको दावि पनि गरे । 

ओलीको चाहना विपरित १३ महिना अघि नियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले १३ दिन अघि दिएको राजिनमा उनले बिहीबार स्विकृत गरेका थिए । 

बरालको राजिनामा स्विकृत, निमित्त को ?

प्रतिक्रिया