Edukhabar
विहीबार, ०८ फागुन २०८१
गतिविधि

शिक्षा मन्त्रालयद्वारा नयाँ प्रवन्धकको लागि दरखास्त आह्वान

यस अघि राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदै आए पनि खुला विज्ञापनबाट प्रवन्धक छनौट शुरु भएको यो दोस्रो पटक हो ।

मंगलबार, २९ माघ २०८१

काठमाडौं - विद्यालय तहको पाठ्पुस्तक छपाई तथा वितरण गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रमा नयाँ प्रवन्ध सञ्चालकका लागि शिक्षा मन्त्रालयले दरखास्त आह्वान गरेको छ । चार बर्ष अघि नियुक्त अनिल झाको कार्यकाल आउँदो फागुन १० गते सकिने भएपछि मन्त्रालयले प्रवन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धि कार्यविधि २०८१ तयार गरी दरखास्त आह्वान गरेको हो । सात दिन भित्र दरखास्त बुझाउन मन्त्रालयले सूचित गरेको छ । 

यस अघि राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदै आए पनि जनक शिक्षामा खुला विज्ञापनबाट प्रवन्धक छनौट शुरु भएको यो दोस्रो पटक हो । चार वर्षअघि खुला प्रतिष्पर्धाबाट झा छानिएका थिए । 

प्रतिक्रिया