Gen- Z पुस्ता र गतिविधि
सामान्यतया सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका बालबालिकाको पुस्ता Gen- Z पुस्ता हो । यीनिहरु अहिले १३ देखि २७ बर्षका भएका छन् । यो बर्थ कोहर्ट हो । जेनेरेसन Z का अधिकांश सदस्यहरू साना बच्चाहरु हुन् । यसलाई बेबी बुमर्स वा जेनेरेशन एक्स पनि भनिन्छ । जो प्रायः टिन एजमा छन् । न्यू रिसर्च सेण्टरले सन् १९९७ लाई जेनरेशन जेडका लागि प्रारम्भिक जन्म वर्षको रूपमा परिभाषित गर्यो । ती मानिसहरू अहिले बढिमा २७ बर्षका भएका छ्न् ।
Gen- Z वास्तविक संसारमा भन्दा भर्चुअल संसारमा बढी रमाउँछन् । धेरै जसोको समय मोबाइल तथा ईण्टरनेटमा बित्छ, उनीहरु प्रविधिमा अभ्यस्त हुन्छन् । नोटिफिकेसन हेर्दैमा दिन जान्छ । सबै जसो ध्यान त्यसमै हुन्छ । आफ्ना कार्यहरू पनि मोबाइल तथा ल्यापटपबाटै सम्पादन गर्छन् । उनीहरु आफ्ना रुचीहरुमा लागिपरिरहन्छन् । वास्तविक संसारभन्दा भर्चुअल संसार उनीहरुको रोजाइ र आकर्षण भएको छ । कल्पना र परिकल्पनामा आफूलाई हराउँछन् । खेलकुदको क्षेत्र विषेश रुचीको क्षेत्र हो । अवास्तविक कुरामा आफूलाई व्यस्त बनाउँछन् । उनीहरु आफूलाई भिन्न, डिजिटल र स्मार्ट पुस्ताको रुपमा चिनाउन चाहान्छन् । वास्तवमा सबैभन्दा ठूलो परिवर्तन र चुनौतीको आभास भएको र सामना गर्नुपर्ने पुस्ता पनि यही हो । भोलिको अनिश्चितता भएको पुस्ता पनि यही हो । सबैभन्दा चिन्ता र चासोले हेरिएको पनि छ । शिक्षा र चेतनाले बचाउन सकिएन भने मनुष्य बन्ने छैन । आफूलाई चिन्ने छैन । व्यवस्थापन गर्न सक्ने छैन । आफूतिर फर्किन सिकाउनु पर्नेछ । आफ्नो प्रकाशविजमा चम्केर आफू उज्यालिदैँ अरुलाई प्रकाशित गर्नुपर्नेछ ।
तर, विश्वभरी जेनेरेसन Z का सदस्यहरू इलेक्ट्रोनिक यन्त्रहरूमा बढी समय बिताइरहेका छन् । उनीहरूको ध्यानको अवधि, मेहनत, शब्दावली, शैक्षिक कार्यसम्पादन र भविष्यको आर्थिक योगदानहरू भर्चुअल दुनियाँ केन्द्रित छ । पहिलेको तुलनामा उनीहरु किताबहरू पढ्न कम समय खर्च गरिरहेका छन् । पढ्नु समयको बर्वादी पनि ठान्छन् । उनीहरुको हिसावमा कति पनी समय खेर फाल्न चाहदँैनन् । चिन्तन, ध्यान र धैर्यधारणमा कत्तिपनी ध्यान छैन । अरुले केही भन्छ भन्ने पनि छैन । संसारसँग डिट्याच भएर रहन चाहान्छन् । चुप लागेर नबस्ने केही न केही गरिराख्ने जस्तो देखिन्छ । अघिल्लो पुस्ताले अर्थविहिन कार्यको रुपमा लिने कार्यलाई उनीहरु भने अर्थपूर्ण रहेको बताउँछन् । यो सब कोठैमा सीमित हुन्छ । Gen- Z पुस्ताको यो गुण युरोप र अमेरिकी बालबालिकामा धेरै देखिए पनि यसको प्रभाव नेपालको सन्दर्भमा पनि मिल्छ ।
Gen- Z का प्रमुख विशेषता र गतिविधि
१. यो पुस्ताका बालबालिकाका लागि स्वास्थ्य र संस्कारले खासै महत्त्व पाउँदैन । त्यो तिनीहरुको अभिभावकको विषय ठान्छ्न् । जुन कुराको पनि प्रभाव तुरुन्त खोज्छन् ।
२. पैसा बचत गर्न प्राथमिकता दिन्छन् । पैसा नै सबथोक भन्ने लाग्छ उनीहरुलाई । भरसक आफूमात्र खर्च गर्नु भन्छन् । लगाउनको शौखिन हुन्छन् ।
३. खाने कुरा बढि प्रोसेसिङ गरिएको सेकेण्डरी वा टर्चरी गुड मन पराउँछन् । जो बजारमा पाइन्छ । उद्योग निर्मित हुन्छ । प्रायः दुधजन्य तथा मैदाजन्य परिकारहरु ।
४. सिर्जनात्मक चिन्तन भन्दा बडी प्रयोगवादी हुन्छन् । तर त्यो भर्चुअल हुन्छ । कृटिक बढी मन पराउँछ्न ।
५. घुम्न मन पराउँछन् । साहासिक यात्रामा धेरै रुचि हुन्छ ।
६. चिन्ताको शिकार हुन्छन् । केही पनि हतपत विश्वास गर्दैनन् । प्रश्न गर्न रुचाउँछन् ।
७. अरुले भनेको मान्दैनन् । प्रतिफल चाहिन्छ तर काममा लगन कम मात्र गर्न चाहान्छन् ।
८. बुलिङ गर्न मन पराउँछन् । जिस्किन, ठट्टा गर्न, अरुको खिसिटिउरी मन पर्छ तर उनीहरुको आफ्नो गर्दा चाहिँ आक्रोशित हुन्छन् ।
९. भर्चुअल गेमिङलाई शौख बनाउँछन् । त्यसमै भविष्य देख्ने र कमाउने विचार गर्छन् ।
१०. अघिल्लो पुस्ताले सोचे जस्तो वातावरणीय र सामाजिक मनोवृत्ति हुँदैन ।
११. प्रतिक्रियावादी हुन्छन् । एक कुरा गर्दा दश फर्काउँछन् ।
१२. प्रत्येक कार्यमा AI अपनाउन प्रयाशरत हुन्छन् । मेसीनको उपयोगको जिकिर गछ्न् ।
१३. आफूलाई स्मार्ट ठान्छन् । परम्परावादीलाई मन पराउँदैनन् । दःुख गर्ने उनीहरुको मनासय पटक्कै हुँदैन । गर्नु परे असम्यमित हुन पुग्छन् ।
१४. सामाजिक सञ्जालमार्फत संस्कृतिलाई आकार दिन रुचाउँछन् । फरकपन र परिवर्तनको सहजै स्वीकार गर्छन् ।
१५.डराउने र चिन्ताको एउटै मात्र बिषय छ त्यो हो पर्यावरणीय विनाश र हावापानी परिवर्तन । बाँकीमा सामान्य हुन्छन् ।
१६. वास्तविक संसारको भारी बोक्न हत्पत तयार हुँदैनन् । विवाह, छोराछोरी, संस्कार, संस्कृती सम्बन्धबाट भाग्न वा नयाँ ढ्ङले परिभाषा गर्न चाहन्छन् ।
विश्वले र विश्वको सामना गरिरहेको Gen- Z को समस्याहरुमा नेपाल जस्तो विकासन्मुख राष्ट्रका युवा तथा बालबालिका समेत चपेटामा छन् । अधिकाँश बालबालिकाहरु खाना खाँदा, विद्यालयमा, ट्वाइलेट जाँदा, खाली समयमा समेत इलेक्ट्रोनिक डिभाइस वा मोबाइलमा झुण्डिरहन्छन् । त्यो सबैभन्दा प्रिय भएको छ : आमाबुबा वा प्रेमीप्रेमिका भन्दा पनि ।
आलोचकहरु एवं विश्लेषक तथा भविष्यवेत्ताहरुले यो पुस्ताले अगाडिको संस्कार र संस्कृती नअपनाउने खतरा रहने र सभ्यताको हिसावले ध्वस्त हुनसक्ने बताउँछन् । विज्ञान र प्रविधिलाई मानिसले दास बनाउनु पर्नेमा मानिस दास भन्दै गएको तथ्यबाट पुष्टि हुँदै गएको हुँदा भविष्यमा परनिर्भरता अझै बढ्ने र प्राकृतिक भन्दा कृतिम बस्तु र सेवाको प्रवाहले संसारमा चुनौती थपिदैं जाने छ । ईण्टरनेट र गूगलको साम्राज्य छ । Gen- Z त्यसको सर्जक र प्रयोगकर्ता । उ भन्दा अघिल्लो पुस्ता विशुद्ध उपभोक्ता मात्र ।
Gen- Z को अर्थ, विशेषता चाहना नबुझिकन दिइने शिक्षा काम लाग्दैन । शिक्षा यस्तो होस् कि उनीहरूलाई सही निर्देश गरोस् । उनीहरुको मनोबैज्ञानिक स्थिति, आन्तरिक चाहना, विश्व परिवेश, सूचना प्रविधिले ल्याएको परिवर्तन आदिको सम्बोधन हुने गरि शिक्षाले सही बाटो देखाउनु पर्ने छ । यदि यस्तो गर्न नसके मानव सभ्यताले ठूलो नोक्सानी वेहोर्नु पर्दैन भन्ने आधार छैन ।
सन् २०१० देखि २०२४ सम्मको पुस्ता Gen- Alfa हो भने यो भन्दा नयाँ अर्थात् सन् २०२५ को शुरुबाट जन्मेको पुस्ता जेनेरेसन बिटा (Gen- Beta) हो । जनसंख्याशास्त्री मार्क म्याकिण्डलका अनुसार सन् २०३९ डिसेम्बर ३१ सम्म जन्मने पुस्ता यो वर्गको रहने छ ।
जेनेरेसन बिटा स्वचालित सवारी साधन को अधिक प्रयोग, भर्चुअल संसार मै रमाउन सक्ने, AI को व्यापक प्रयोगकर्ता, प्रयोगशालाको खाना उपयोग गर्न सक्ने, भर्चुअल संसारलाई वास्तविक जस्तै सामान्य रुपमा लिने छ ।
Gen Beta मा मानवीय भन्दा ज्यादा यान्त्रिक सम्बन्ध विकास हुन सक्छ । यो पुस्ताले वातावरणीय परिवर्तन (Climate Change) र डिप्रेसनसँग बढी भन्दा बढी जुध्नुपर्ने छ । प्रेम, शिक्षा, ज्ञान, विद्यालय, सम्बन्ध लगायत धेरै कुराहरु अतिक्रमित हुनेछन् । त्यसैले विद्यालय शिक्षामा व्यापक परिवर्तन हुनेवाला छ ।
मानवीय अनुकुलताको लागि यो पुस्ताले वातावरणीय उच्च चेतना विकास, सहकार्य र संयुक्त प्रयास गर्नुपर्ने छ । यो पुस्ताले जीवनको जैविकीय परिवर्तन र नौलो प्रयोगको सामना अर्थात बंशाणुय क्रान्ती ( जिन इडिटिङ) पनि भोग्नुपर्ने हुनसक्छ ।
निष्कर्ष
मानव विकास क्रम यसै गरी अघि बढ्दै आएको हो । नयाँ पुस्तालाई निषेध हैन कि उनीहरुमा उच्च चेतना पलाउन मद्दत गर्नु जरुरी छ । मानव प्रती उत्तरदायी बनाउँदै, अधिकार र कर्तव्यको बोध गराउँदै जोगाउनुको विकल्प छैन । बेग्लै प्रकारले सोच्नु र व्यवस्थापन गर्नुपर्ने छ । यो सव अघिल्लो पुस्ताले नै गर्नुपर्ने हुन्छ । अर्थात हामीले गर्नुपर्ने छ । जो अहिलेसम्म त अल्मलिरहेको छ । तथापि अहिलेका अभिभावकहरुको काँघमा थप जिम्मेवारी अर्थात चुनौती आएको छ । उत्तरदायित्व, जिम्मेवारी र जवाफदेहीतावाट कदापी हामी भाग्न पाउने छैनौँ । परिवर्तन अवश्यम्भावी छ । तर यो मानवीय बनाउने काम पनि त हाम्रै हो । नीति, विधि, पद्धति र नैतिकताको स्वबोध नहँुदासम्म यो सम्भव छैन । आँफूतिर फर्कने ज्ञानको महत्व सर्वाधिक हुनेछ ।
म को हो ? भन्ने प्रश्न र खोज गर्नुपर्ने छ । त्यसको लागि तयारी गर्नुपर्ने छ । यसको सतर्कताको विषयमा प्राध्यापक, लेखक तथा इतिहासकार नोआ हरारीले यही कुरा भनेका भनै छन् ।
पूर्वीय दर्शनले पनि भनेकै छ जे भयो राम्रै भयो । जे हुन्छ राम्रै हुन्छ । जे हुनेछ राम्रैका लागि हुनेछ ।
तर कमजोर चेतना भएकालाई नयाँ पुस्ता ठूलो चिन्ताको विषय छ । हरारीले चिन्ता गरेजस्तो AI ले मानिसको औचित्य समाप्त नगरोस् । मानवको मूल्य अझ चुलियोस् । पक्कै पनि आँफैलाई चिन्ने कोशिसमा उनीहरू फर्कने छन् । हामी संसारलाई नेतृत्व प्रदान गर्नेछौं । मलाई त त्यो गजव लाग्छ । त्यो समय आउनेछ । तपाँईलाई चाहिँ के कस्तो लाग्छ ?
रमाइलो त के छ भने यी Gen- Z र Gen Alfa ब लाई Gen x र y ले पढाईरहेका छन् - दु:ख सुख ।
एउटा त म पनि पर्छु । तर Gen Beta लाई Gen Z र Alfe ले कसरी पढाउलान् ? के सिकाउलान् ? मेरो त केही परिकल्पनामा छैन । तपाईंको केही छ कि संभावनाको आइडिया ?
नोट : सामाजिक प्रवृत्ती, सांस्कृतिक रुपान्तरण र युग जताउने विशेषता हेरेर पुस्ताको नामकरण गर्ने गरिएको छ ।
- २०१० देखि २०२४ को डिसेम्बर ३१ सम्म जन्मेकालाई जेनेरस अल्फा भनिँदै आएको थियो ।
- १९९० दशकको मध्यदेखि २०१० सम्म जन्मिएका जेन जी
- १९८० को सुरुदेखि १९९० को दशकको मध्यसम्म जन्मेका जेन वाई
- १९६० दशकको मध्यदेखि १९८० दशकको शुरुसम्म जन्मेका जेन एक्स
- १९४० को दशकदेखि १९६० को दशकको मध्यसम्म जन्मिएका बेबी बुमर्स
- १९२० को दशकदेखि १९४० को दशकम्म जन्मिएको साइलण्ट जनरेशन
- १८०० को अन्त्यदेखि १९०० को सुरुदेखि जन्मिएका लष्ट जनरेशन पुस्ता हुन् ।
जेनेरेसन बीटा एआई र संभवत मंगल ग्रहमा बसोबास गर्ने युगको पुस्ता हुनेछन् । यी मध्ये कतिपयले २२ औं शताब्दीको समेत अनुभव गर्न पाउने छन् भनिएको छ ।
पाण्डे, सुनपकुवा मा वि उर्लाबारी २ मोरङका शिक्षक हुन् ।
प्रतिक्रिया