Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

युनेस्कोद्वारा शैक्षिक सामग्री वितरण

शनिबार, २६ मंसिर २०७२

काठमाडौँ, २६ मङ्सिर । जापानिज संस्था साइतामा युनेस्कोले पाल्पाको रामपुरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  

रामपुरको सहलकोटमा रहेको पुरनथर प्राविमा अध्ययनरत २५ जना गरिब तथा जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई कापी, कलमसहित, झोला, स्कुल ड्रेस, स्विटर र सरसफाइ सामग्री वितरण गरेको शिक्षक प्रेम बाकाबलले जानकारी दिए ।  

सोही अवसरमा जापानिज समाजसेवी काजुमासा काकिमी ओके बाजेले ५४ जना विद्यार्थीलाई प्रोत्साहनस्वरुप शैक्षिक सामग्री वितरण गर्दै आगामी दिनमा पनि विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने बताए । 

(रासस) 

 

प्रतिक्रिया