Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

भूकम्पमा परी ३८० विद्यार्थी र ६४ शिक्षकको मृत्यु

बुधबार, ०६ जेठ २०७२

दलका कार्यकर्तालाई कक्षा कोठा निर्माणमा सघाउन शिक्षा मन्त्रालयको आह्वान 

काठमाडौं ६ जेठ / भूकम्पमा परी अहिले सम्म ३ सय ८० विद्यार्थी र ६४ शिक्षकको मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ । बुधवार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ४९ जिल्लमा १९ हजार २ सय ८९ विद्यालय मध्ये ६ हजार ९ सय २ विद्यालय भूकम्पबाट प्रभावित भएको जनाईएको छ । १६ हजार ४ सय ७५ कक्षा कोठा पूर्ण, ७ हजार २ सय ६६ कक्षा कोठा अधिक र १२ हजार ६ सय १३ कक्षा कोठमा सामान्य क्षत भिएको उल्लेख छ । २ हजार १ सय ६ शौचालय, १ हजार ४ सय ५९ विद्यालयका पर्खाल र १ हजार ३ सय ६३ विद्यालयको खानेपानीमा क्षती पुगेको छ ।

मन्त्रालयले भूकम्पका कारण अहिले सम्म भएको क्षतीको विवरण संगै अबको योजना पनि सार्वजनिक गरेको छ । स्थानीय सामाग्रीको परिचालन गरी कक्षा कोठा निर्माण गर्ने मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेका विभिन्न दलका कार्यकर्तालाई भूकम्पले क्षती पुर्याएका विद्यालयको अस्थाई कक्षा कोठा निर्माणमा समेत सघाउन शिक्षा मन्त्रालयले आह्वान गरेको छ । स्थानीय तहमा अभिभावक, शिक्षक, विद्यार्थी, गैह्रसरकारी संस्था एवं सरोकारवालाहरु सित समन्वय गरी विद्यालय पुन : सञ्चालनको वातावरण बनाउन स्वयंसेवक बनि सघाउन मन्त्रालयले आह्वान गरेको हो ।  

भूकम्पका कारण मन्त्रालय परिषरमा टाँगिएको पाल

यसैविच भूकम्पको मनोबैज्ञानिक त्रास कम गर्दै जनजीवनलाई सामान्य बनाउन पनि विद्यालय सञ्चालन गर्नु पर्नेमा सरोेकारवालाहरु एक मत भएका छन् । शिक्षा मन्त्रालयमा बुधबार भएको छलफलमा सचिव विश्वप्रकाश पण्डितले  सामान्य अवस्थाको जस्तो गरी कक्षा सञ्चालन गर्न नसकिएपनि विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि बनाएर विद्यालय सञ्चालन गर्नु पर्ने बताए ।

जेठ १७ गते देखि विद्यालय सञ्चालनको वातावरण बनाउन उनले सरोकारवालाहरुलाई आग्रह समेत गरे ।

शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक खगराज बरालले शिक्षकहरुलाई मनोबैज्ञानिक रुपमा तयार पार्न प्रशिक्षण शुरु गरिएको बताए । बढि प्रभावित जिल्लाका शिक्षकलाई लक्षित गरी तालिम शुरु गरीएको उनले बताए । तालिम लिएका शिक्षकहरुले आआफ्नो कार्यक्षेत्रमा गएर अन्य शिक्षकलाई सिकाउने मोडेल तय भएको उनले बताए । यसका लागि आवश्यक सामाग्री निर्माण भईरहेको पनि उनले बताए ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्का सदस्य सचिव डा रामहरी लामिछानेले जीरी प्राविधिक शिक्षालयका ५६ वटै भवन ध्यवस्त भएको भन्दे त्यहाँ तत्काल कक्षा सञ्चालन गर्न नसकिने बताए । अस्थाई ब्यवस्था गरेर असार १ गतेबाट मात्रै कक्षा शुरु गर्ने उनले बताए । जिरी प्राविधिक शिक्षालयका लागि तत्काल ६३ करोड र अन्य शिक्षालयहरुका लागि ७ करोड गरी ७० करोड आवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षक महासंघका महासचिव तिलक कुवँरले सुरक्षाको सुनिश्चितता गरी तत्काल विद्यालय सञ्चालन गर्नु पर्ने बताए । क्षती नभएका विद्यालय सञ्चालनका लागि १७ गते सम्म कुर्न नपर्ने भन्दै उनले शिक्षक, विद्यार्थी र अभिभावकलाई सामान्य दैनिकिमा फर्काउन पनि विद्यालय सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा. डिल्लि रिमाल, मन्त्रालयका प्रवक्ता डा. हरी लम्साल दुइ वटा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी र धर्मदत्त देवकोटा लगायतले शैक्षिक वातावरण सहज बनाउन सरोकारवालाहरु गम्भिर हुनु पर्ने बताए ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी र एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले भूकम्पका कारण क्षती भएका संस्थागत विद्यालयहरुप्रति मन्त्रालयले भेदभाव गरेको गुनासो गरे । कक्षा सञ्चालन त गर्ने तर अस्थाई कक्षा निर्माणका लागि आवश्यक टेण्ट समेत नदिएर मन्त्रालयले फरक ब्यवहार गरेको उनीहरुको गुनासो थियो । उनीहरुले क्षती भएका विद्यालयहरुलाई भत्काउन आवश्यक सहयोग समेत नपाएको गुनासो पनि गरे ।

प्रतिक्रिया