Edukhabar
मंगलबार, ०१ माघ २०८१
गतिविधि

त्रिविका कर्मचारीद्वारा प्रधानमन्त्री समक्ष शक्ति प्रदर्शन

विहीबार, २७ मंसिर २०८१

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका करार, ज्यालादारी र श्रेणी विहीन कर्मचारीले प्रधानमन्त्री उपस्थित सभामा शक्ति प्रदर्शन गरेका छन् । 

एक साता अघि विश्वविद्यालयसँग भएको सम्झौता अनुसार नर्सिङ सहित सात हजार कर्मचारीको सेवा सुविधाको विषयलाई लिएर शक्ति प्रदर्शन गरेका हुन् । विश्वविद्यालयको सभा हुने स्थलमा कर्मचारीहरू उभिएर दबाब दिनुको साथै कोण सभा गरेका हुन् । मंसिर १८ मा त्रिवि कर्मचारी संघसँग भएको चार बुँदे सम्झौता कार्यान्वयनको नीति बनाउन सभा बाहिर शक्ति प्रदर्शन गर्नु परेको संघका अध्यक्ष एवं सभा सदस्य छत्र कार्कीले बताए ।

१५ वर्ष सेवा गरेकालाई पदोउन्नती गर्नु पर्ने, विशेष सुविधा (बिदा, स्वास्थ्य उपचार लगायत) दिनु पर्ने, नियमित बढुवा गर्नु पर्ने माग राखेर नर्सिङ र प्राविधिक कर्मचारी शक्ति प्रदर्शन गरेका हुन् । २०६६ पछि नियुक्ति पाएकाले विशेष सुविधा नपाएको उनको दाबी छ । ‘हामीसँग सहमति भए पनि कार्यान्वयन  भएको छैन । यस विषयमा सभाले निर्णय गरोस् भनेर शक्ति देखाउन हामी यहाँ भेला भएका छौ,’सभामा जानुअघि अध्यक्ष कार्कीले गरेको सम्बोधनमा भने,‘ सभामा यो विषयमा म एक्लै बोल्ने हो । बाहिर यसरी भेला हुँदा बल पुग्छ ।’ 

विश्वविद्यालयका कुलपति अध्यक्ष रहेको सर्वोच्च निकाय सभालाई लिइन्छ । यो सभामा सहकुलपति उपाध्यक्ष, उपकुलपति सदस्य हुन्छन् । सभामा शिक्षा अध्यक्ष, रजिस्ट्रार, शिक्षा, अर्थ मन्त्रालयका सचिव, योजना आयोगका सदस्य, पूर्व उपकुलपति, डीनहरू, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू, विभागीय प्रमुखहरू, प्राध्यापक संघ, कर्मचारी संघ, विद्यार्थी युनियनका सभापति सदस्य हुन्छन् । विश्वविद्यालयको मार्ग दर्शन गर्ने, नीति निर्धारण गर्ने, आवश्यक निर्देशन निर्देशन दिने, वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने, नियम पारितको काम सभाले गर्दछ । 

सभाले पारित गरेको नीति पढ्नुहोस् : त्रिविको १२ बुँदे नीति पारित, पुस सात भित्र नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन

 

 

प्रतिक्रिया