Edukhabar
बुधबार, ०२ माघ २०८१
गतिविधि

ईसीडीका शिक्षकलाई शिक्षक मान्ने कि सहजकर्ता  ?

विद्यालय, शिक्षा र शिक्षक कस्तो हुने भन्ने ऐनमा हुनुपर्छ, समितिले तयार गरेको विधेयकको स्वरुप अगाडि बढेपछि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय तयार हुनुपर्छ - शिक्षा मन्त्री भट्टराई

सोमबार, २४ मंसिर २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा प्रणाली, शिक्षक र विद्यालय शिक्षा कस्तो बनाउने भन्ने स्पष्ट हुने गरी विद्यालय शिक्षा विधेयकको खाका कोर्नु पर्ने बताएकी छन् । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सरकारले विधेयक पेश गरिसकेकोले समितिले बनाएको खाकाको आधारमा अन्तिम धारणा दिने बताइन् । 

‘शिक्षक के हो ? भन्ने परिभाषा छैन । १८ प्रकारका शिक्षक छन् । शिक्षकको टिओआर दिन सकेको छैन । कानुनी आधारमा शिक्षक कस्तो हुने ? भन्नको लागि पनि ऐन चाहिएको छ’उनले भनिन् ‘विद्यालय, शिक्षा र शिक्षक कस्तो हुने भन्ने ऐनमा हुनुपर्छ । मन्त्रालयले मस्यौदा दिइसक्यो । मन्त्रालयले दिने धारणा अन्तिममा दिन्छ । माननीयको बिचारको आधभारमा निष्कर्षमा पुग्नु पर्छ । मन्त्रालयले के तयार गर्नु पर्ने हो तयारी अवस्थामा बस्छौँ ।’

समितिले तयार गरेको विधेयकको स्वरुप अगाडि बढेपछि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय तयार हुनु पर्ने उनले बताइन् । 

इसीडी कस्तो हुने ? इसीडीको शिक्षकलाई शिक्षक मान्ने कि ? सहजकर्ता मान्ने ? भन्ने विषयमा अध्ययन गर्ने भन्ने समितिमा बहस भएपछि मन्त्री भट्टराईले यस्ता विषय टुङ्ग्याउन मन्त्रालयले छुटटै कार्यदल बनाएर काम गरिरहेको जानकारी दिइन् । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माको संयोजकत्वमा इसीडीको शुल्क, पाठ्यक्रम, अवधिको अध्ययन गर्न कार्यदल बनाएको छ । 

त्यस्तै प्राविधिक शिक्षाको आजको आवश्यकता के हो ? भन्ने बुझ्न पनि कार्यदल बनाएर काम गरिरहेकोले १५ दिन भित्र प्रतिवेदन आउने मन्त्रीले बताइन् । प्राविधिक शिक्षाको पाठ्यक्रम कस्तो हुने भन्ने अध्ययन गरेर प्रतिवेदन आइसकेको उनले समितिमा जानकारी गराइन् । 

उनले भनिन् ‘विधेयक बनाउँदा मन्त्रालयको तर्फबाट दिनु पर्ने धारणा प्रतिवेदनको सुझावको आधारमा दिन्छौँ ।’  

विधेयकलाई टुङ्ग्याउन उपसमिति बनाएर काम गर्ने र दलहरु भित्र पनि आन्तरिक छलफल गर्नु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया