Edukhabar
मंगलबार, १८ मंसिर २०८१
गतिविधि

सामुदायिक विद्यालयको सिकाई सुधार्न शिक्षकलाई मासिक तलब

शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार शिक्षकलाई मासिक तलब भत्ता दिने व्यवस्था मिलाइदिन संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेकी हुन् ।

सोमबार, १७ मंसिर २०८१

 

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई मासिक तलब नदिँदा सामुदायिक विद्यालयको सिकाई कमजोर भएको निष्कर्ष निकालेको छ । 

मन्त्रालयले विद्यार्थीको सिकाई शिक्षकको तलबसँग जोडिएकोले यस वर्षको नीति तथा कार्यक्रम, शिक्षा नियमावलीमा व्यवस्था अनुसार नै मासिक तलब दिने व्यवस्था गरिदिन अर्को निर्णय गरेको हो । 

शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार शिक्षकलाई मासिक तलब भत्ता दिने व्यवस्था मिलाइदिन संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेकी हुन् । शिक्षा नियमावलीको नियम १०१  अनुसार शिक्षकलाई मासिक तलब तलब दिने व्यवस्था छ । ‘शिक्षकलाई मासिक तलब दिन संघीय मामिला मन्त्रालय मार्फत स्थानीय तहलाई अनुरोध गरिएको छ,’मन्त्री भट्टराईले भनिन्,‘मासिक तलब नदिँदा सामुदायिक विद्यालयको सिकाइमा प्रभावित हुन्छ । यस विषयमा मन्त्रालय गम्भीर र संवेनसिल छ ।’ 

शिक्षकले मासिक तलब नपाएको समाचार, सामाजिक सञ्जालमा आएकोले मन्त्रालयले पुनः अनुरोध गरेको मन्त्री भट्टराईले बताइन । शिक्षा मन्त्रालयले संघीय मामिला मार्फत ७५३ पालिकालाई शिक्षकको मासिक तलब दिन परिपत्र र निर्देशन दिन पत्राचार गरेको भट्टराईले बताइन । उनले भनिन,‘संघीय सरकारले मासिक तलब दिन  बजेट विनियोजन गरिसकेको छ । बजेटमा र नीति तथा कार्यक्रममा उल्लेख भएकोले मासिक दिने व्यवस्था दिन फेरी अनुरोध गर्दछु । तपाईँहरूलाई केही समस्या भएमा सम्पर्क गर्न अनुरोध गर्दछु ।’  

 

प्रतिक्रिया