Edukhabar
आइतबार, २१ पुस २०८१
गतिविधि

प्याब्सन सम्मेलनमा के हुदैछ ?

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ–प्याब्सन तेस्रो अन्तराष्ट्रिय सम्मेलन शनिवारसम्म चल्नेछ । कक्षा कोठाको सुधार, नेतृत्व विकास, कृत्रिम बौद्धिकता (एआई),  डिजिटल शिक्षासम्बन्धी विषयहरूमा बहस हुदैछ । १२ भन्दा बढी सेसन र चारभन्दा बढी महत्त्वपूर्ण कि नोट स्पिच सम्मेलनमा जारी छ । सम्मेलनमा पाँच सय भन्दा बढी निजी  र सामुदायिक विद्यालयका सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक सहभागी छन् । 

BEDISO

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको सम्मेलनको पहिलो दिन शुक्रवार दुई वटा ‘प्यानल’ छलफल रहेको छ । अमित कुँवरको स्कुलमा पढ्ने बानीको विकास र फिनिस एजुकेसन इन्ष्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत अरि पोक्काले प्याब्सन सम्मेलनको मुख्य अवधारण ‘लिडिङ चेन्ज’ माथि प्रस्तुती दिएका छन् । 

SAHABHAGI 1

अर्को सेसन एक्सपेरिमेन्टल लर्निङमा पवित्रबहादुर गौतम, क्रेटिङ अ कल्चरमा क्यारोलिन, भिजिनरी लिडरसिपमा अजय प्रधानाङ्ग, लाइफ इनरिचिचिङमा मिरोनेलले प्रस्तुति दिने छन् । त्यस्तै विज्ञान श्रेष्ठ, विशेष खनाल र अंकुर शर्मासँग शिक्षामा प्रविधिको बारेमा छलफल हुनेछ ।

anju

लिडिङ फर लर्निङः दी रोल अफ स्कुल लिडर इन इन्ह्यान्सिङ टिचिङ क्वालिटी भन्ने शीर्षकमा अर्को छलफल हुनेछ । यो छलफलको वक्तामा अन्जु भट्टराई, गीता काफ्ले, यमबहादुर चिडी, प्रेम भट्टराई वक्ता छन् । यो छलफल पछि पहिलो दिनको कार्यक्रम अन्त्य हुनेछ । 

PREदोस्रो दिन शनिवारको पहिलो सेसन  एन्सियन्ट इस्टर्न एजुकेसन : ए प्रस्पेक्टिभ इन लिडिङ चेन्ज विषयमा जगमान गुरुङको सेसन हुनेछ । शनिवारको दोस्रो सेसन शिक्षा सचिव दीपक काफ्लेको हुनेछ । 

तेस्रो सेसन इस्ट्याबलिसिङ अ रिडिङ कल्चर इन स्कुल : दी इसीन्सियल रोल अफ स्कुल लिडर्स हिथर फ्रेन्चको हुनेछ ।

KARKHANA त्यस्तै सोसल इमोशनल लर्निङ : क्लासरुम प्राक्टिस श्रीकृष्ण वाग्ले, नेभिगेटिङ चेन्ज इन एजुकेसन अरी पोक्का, इन्स्ट्रक्सनल लिडरसिप वासुप्रसाद सुवेदी, एआई रिडनेश इन स्कुल अलोक खत्रीको सेसन रहेको छ ।

bbशिक्षाको नीतिगत छलफलमा नैनसिंह महर, योगेश भट्टराई, देवेन्द्र पौडेल, गंगालाल तुलाधर, नन्दबहादुर सिंह, टिकाराम पुरी, शिशिर खनाल वक्ता छन् भने कार्यक्रम सञ्चालन प्याब्सन अध्यक्ष डीके ढुङ्गानाले गर्ने छन् । कार्यक्रमको समापनमा भने प्रधानमन्त्री केपी ओली आउने प्याब्सनले जनाएको छ । 

BIDESI

कक्षा कोठाको सुधार, नेतृत्व विकास, कृत्रिम बौद्धिकता (एआई),  डिजिटल शिक्षासम्बन्धी विषयहरूमा बहस हुने कन्फ्रेन्स प्रमुख कुमार थापाले बताए । १२ भन्दा बढी सेसन र चारभन्दा बढी महत्त्वपूर्ण कि नोट स्पिच सम्मेलनमा हुने उनले बताए । 

सम्मेलन निजी विद्यालय र सामुदायिक विद्यालयका सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक सहभागी भएका छन् । bhutani

प्रतिक्रिया