Edukhabar
बुधबार, ०९ माघ २०८१
गतिविधि

कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन हुने

कार्यान्वयनमा आएको दोस्रो वर्षमै परिमार्जन गर्न लागिएको हो ।

विहीबार, २२ कार्तिक २०८१

भक्तपुर - पाठ्यक्रम विकास केन्द्रले यस वर्ष कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन गर्ने भएको छ । 

कार्यान्वयनमा आएको दोस्रो वर्षमा नै परिमार्जन गर्न लागिएको हो । परिमार्जन भएको पाठ्यक्रम शैक्षित्र सत्र बैशाखदेखि लागू गर्ने योजना रहेको केन्द्रका प्रवक्ता बासुदेव वस्तीले बताए ।  

डा. हरिप्रसाद पोखरेल, ज्ञानबहादुर अधिकारी, केशव रुपाखेती, दीपिका शर्मा, हेमराज खतिवडाले संयुक्त रुपमा लेखेको अहिले कार्यान्वयनमा रहेको सामाजिक अध्ययन २०८० बाट लागू भएको थियो । १० इकाइ, ७४ वटा पाठ रहेको सामाजिकमा धेरै विद्यार्थी नन् ग्रेडेड भएपछि यसलाई सहज बनाउन लागेको केन्द्रले जनाएको छ । 

विद्यार्थीको रुची र आवश्यकता, सरोकारवालाले दिएको पृष्ठपोषणको आधारमा पाठ्यक्रम परिमार्जन गर्न लागेको प्रवक्ता वस्तीले बताए । 

‘परिमार्जन गरेर अध्यावधिक गरिएको पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ’ उनले भने । 

यही परिमार्जित पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक लेखनको काम सुरु हुने उनले बताए । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एक सय दिनको प्रगतिमा पाठ्यक्रम परिमार्जनको विषयलाई पनि राखेकी छन् । हरेक पाँच वर्षमा परिमार्जन र १० वर्षमा पाठ्यक्रम परिवर्तन हुने भए पनि सामाजिकको भने तीन वर्षमै समय अनुकुल बनाउन लागिएको हो । 

प्रतिक्रिया