Edukhabar
शुक्रबार, १२ पुस २०८१
गतिविधि

शिक्षकलाई पाठ्यक्रम बुझाउन नयाँ कार्यक्रम, निर्देशिका स्वीकृत

यस अघिकी मन्त्री सुमना श्रेष्ठले पाठ्यक्रमसँग समाज कार्यक्रम अघि सारेकी थिइन् । यो कार्यक्रमलाई बदलेर  मन्त्री विद्या भट्टराईले शिक्षकसँग जोडेकी हुन् ।

विहीबार, ०८ कार्तिक २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकसँग पाठ्यक्रम कार्यक्रम अघि सारेको छ । शिक्षा मन्त्री विद्या भट्टराईले आफूले कार्यभार सम्हालेको एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उक्त कार्यक्रमका बारेमा जानकारी दिएकी हुन् । शिक्षक र पाठ्यक्रमलाई जोड्न आवश्यक रहेकोले उक्त कार्यक्रम शुरु गर्न लागेको उनले बताएकी हुन् । 

शिक्षकलाई पाठ्यक्रमको बारेमा जानकारी दिनकै लागि यो कार्यक्रम लागू गर्न लागेको उनले बताइन् । 

‘जबसम्म पाठ्यक्रमको बारेमा शिक्षकलाई थाहा हुदैँन । तब सम्म जतिसुकै राम्रो पाठ्यक्रम बनाए पनि परिणाम आउँदैन’ उनले भनिन् । 

पाठ्यक्रममा के छ ? कक्षा कोठामा कसरी सिकाउने ? भन्ने जानकारी दिन पनि शिक्षकलाई पाठ्यक्रम बुझाउन जरुरी रहेको उनले बताइन् । परीक्षालाई व्यवस्थित र नतिजा सुधार गर्नकै लागि शिक्षकसँग पाठ्यक्रम भन्ने निर्देशिका स्वीकृत भइसकेको उनले बताइन् । 

यस अघिकी मन्त्री सुमना श्रेष्ठले पाठ्यक्रमसँग समाज कार्यक्रम अघि सारेकी थिइन् । यो कार्यक्रमलाई बदलेर  मन्त्री भट्टराईले शिक्षकसँग जोडेकी हुन् ।

प्रतिक्रिया