Edukhabar
शुक्रबार, १६ कार्तिक २०८१
गतिविधि

ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा, थप दुई विधेयक छलफलमै

कानुन र अर्थ मन्त्रालयबाट आएको सहमतीको आधारमा विधेयक संसदमा दर्ता गर्नु अघि मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्ने हुन्छ ।

विहीबार, ०८ कार्तिक २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटा विधेयक मन्त्रिपरिषद्मा र अरु दुई वटा विधेयक छलफलको चरणमा रहेको जनाएको छ । भक्तपुरमा स्थापना गर्ने ख्वप विश्वविद्यालय खोल्ने गरी मन्त्रालयले विधेयक तयार गरेर मन्त्रिपरिषद्मा पठाएको शिक्षा मन्त्री विद्या भटटराइले बताइन् । भक्तपुर नगरपालिकाले विश्वविद्यालय चलाउने गरी विधेयक अघि बढाइएको हो । 

कानुन र अर्थ मन्त्रालयबाट आएको सहमतीको आधारमा विधेयक संसदमा दर्ता गर्नु अघि मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्ने हुन्छ । 

मन्त्रालयको कार्यभार सम्हालेको सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएकी हुन् । 

मन्त्रालयले उच्च शिक्षा विधेयक तयार गर्न कानुन आयोगलाई जिम्मेवारी दिएको पनि मन्त्री भटट्राईले बताइन् । यो विधेयकको मस्यौदा सार्वजनिक गरेर सुझाव माग गरिएको थियो । त्यस्तै प्राविधिक शिक्षा सम्बन्धी विधेयक पनि अघि बढाउन छलफल भइरहेको मन्त्री भट्टराइले बताएकी छन् । 

प्रतिक्रिया