Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

१२ कक्षाको ग्रेडवृद्धि नतिजा सार्वजनिक गर्ने तयारी

भदौ २५ र २६ मा लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।

शुक्रबार, ०२ कार्तिक २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । 

भदौ २५ र २६ मा लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।वैशाखमा लिएको नियमित परीक्षामा  दुई विषयसम्म एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका छन् ।

एक लाख २७ हजार विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिएका छन् । बोर्डले ग्रेडवद्धि परीक्षा लिएको शुक्रवार ३७ दिन भयो । नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी रहेको बोर्ड स्रोतले जनाएको छ ।

‘बोर्ड बैठक बोलाइसकेको छ । ढिलोमा दुई दिनभित्र नतिजा सार्वजनिक भइसक्छ,’बोर्ड स्रोतले भन्यो । 

 

प्रतिक्रिया