Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

सीटीइभीटीको परीक्षा स्थगित

सोमबारदेखि हुने परीक्षा अर्को सूचना जारी गरेर जानकारी दिने सीटीइभीटीले जनाएको छ ।

शनिबार, १२ असोज २०८१

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले आइतबार हुने परीक्षा स्थगित गरेको छ । 

अविरल वर्षाले बाढी, डुबान र पहिरोको कारणले विद्यार्थीको आवतजावत प्रभावित भएकोले आइतबार हुने परीक्षा स्थगित गरिएको सीटीइभीटीले जनाएको छ ।

ctevt

सीटीइभीटीले जारी गरेको सूचनामा भनिएको छ,‘आइतबारका दिन सञ्चालन हुने परीक्षा स्थगित गरिएको  ब्यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सोमबारदेखि हुने परीक्षा अर्को सूचना जारी गरेर जानकारी दिने सीटीइभीटीले जनाएको छ । 

 

प्रतिक्रिया