Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एसईईको मौका परीक्षाको नतिजा सार्वजनिक अन्तिम तयारीमा

परीक्षामा करिब दुई लाख १० लाख हजार सहभागी भएका छन् ।

आइतबार, ०६ असोज २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेड वृद्धि) को नतिजा सार्वजनिकको अन्तिम तयारीमा रहेको जनाएको छ । 

ग्रेडबृद्धि परीक्षामा ग्रेडेड (उत्तीर्ण) भएपछि दसैँ अघि नै विद्यालय भर्ना हुन सक्ने गरी बोर्डले नतिजा निकाल्न लागेको हो । असोज १५ देखि कात्तिक ३० भित्र कक्षा ११ मा विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने अवधि तोकिएको छ । त्यसैले असोज १५ अघि नै नतिजा सार्वजनिक गर्ने बोर्डले तयारी गरेको हो । 

‘नतिजा सार्वजनिक गर्न हामी अन्तिम तयारीमा छौ,’परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने । 

परीक्षामा करिब दुई लाख १० लाख हजार सहभागी भएका छन् । गत चैतमा भएको एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थीले  ग्रेड वृद्धि परीक्षा दिएका हुन् । 

दुई विषयमा एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिन पाउने यसअघिको प्रावधानलाई तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले संशोधन गरेर सात विषयमै एनजी आएका र परीक्षामा अनुपस्थित विद्यार्थीले पनि परीक्षा दिन पाउने निर्णय गरेकी थिइन । 

 

 

 

 

प्रतिक्रिया