Edukhabar
बुधबार, ०२ असोज २०८१
गतिविधि

शिक्षामन्त्री र सचिवबिच कार्य सम्पादन करार सम्झौता

सचिवहरूले पनि शुक्रवार नै सहसचिव र विभागीय प्रमुखहरूसँग कार्य सम्झौता करार गरेका छन् ।

शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा र विज्ञान सचिवसँग कार्य सम्पादन करार सम्झौता गरेकी छन् । 

मन्त्री भट्टराईले शिक्षा सचिव दीपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीसँग  एक सय दिन, दुई सय दिन भित्र गरिने कामको सुची बनाएर सम्झौता गरेकी हुन् । 

samjhauta कार्यसम्पादन करारलाई शिक्षा र विज्ञान क्षेत्रको काम शतप्रतिशत पुरा गर्ने कडीको रूपमा लिएको मन्त्री भट्टराईले बताइन । प्रधानमन्त्री र शिक्षा मन्त्री भट्टराई बिच बिहीबार करार सम्झौता भएको थियो । प्रधानमन्त्री र मन्त्रीका बिचमा भएको कार्य सम्झौता करारमा समय, लक्ष्य र सूचक तोकी एक सय दिन भित्र गरिने ९ वटा, २ सय दिनभित्र गरिने ८ ओटा र अन्य २३ ओटा कार्य सूचक बनाइएको छ । सचिवहरूले पनि शुक्रवार नै सहसचिव र विभागीय प्रमुखहरूसँग कार्य सम्झौता करार गरेका छन् ।

सम्झौतालाई कार्य प्रक्रियाको अभिन्न अङ्ग बनाउँदै लक्ष्य पुरा गर्ने वस्तुनिष्ठ आधार निर्धारण गरी सुशासन ऐन तथा निजामती सेवा ऐनको मर्मअनुसार यो सम्झौता गरिएको उनले बताइन ।

‘कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक अर्काको पारस्परिक सम्बन्ध,  कामको दिशा निर्देश गर्ने आधार तय सम्झौता गरिएको हो’ उनले भनिन् ‘अब के गर्ने भन्ने लक्ष्य निर्धारण गर्न, सहकार्य र समन्वयको वातावरण तयार गरेर सरकारले के गरिरहेको छ भन्ने पनि आम जनताले थाहा पाउनेछ ।’ 

मन्त्रालयले प्रधानमन्त्री र मन्त्री बिच भएको कार्य सम्झौता मार्ग निर्देशनको रूपमा लिएर त्यसलाई कार्यान्वयन गर्न सचिव, सहसचिव र विभागीय प्रमुखसँग करार सम्झौता भएको हो ।

‘कार्यसम्पादन करारले कामलाई शत प्रतिशत र समस्यालाई शून्य बनाउनुपर्छ,’मन्त्री भट्टराईले भनिन्‘ अभाव, चुनौती र समस्या प्रस्तुति तिर लाग्दा दक्षताको कमी देखिन्छ । कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समय सीमामा बाँधेर सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले म सबै लाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध गर्छु ।’ 

प्रतिक्रिया