Edukhabar
बुधबार, ०२ असोज २०८१
गतिविधि

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्तामा पोखरेल

सोमबार, २४ भदौ २०८१
डा. कमलप्रसाद पोखरेल

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता र सूचना अधिकारी फेरिएका छन् । 

मन्त्रालयले प्रवक्तामा उच्च महाशाखा प्रमुख डा. कमलप्रसाद पोखरेललाई र सूचना अधिकारीमा नारायण पोखरेललाई जिम्मेवारी दिएको हो । 

यसअघिका प्रवक्ता केशव दाहालले अनिवार्य अवकाश पाएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । त्यस्तै यसअघिको सूचना अधिकारी शंकर अधिकारी योजना शाखाको जिम्मेवारी पाएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका नारायण प्रसाद पोखरेललाई मन्त्रालयले अनुगमन शाखा र सूचना अधिकारीको जिम्मेवारी दिएको हो । 

narayan phorel

प्रतिक्रिया