Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

भूकम्पका कारण रोकिएको परीक्षा जेठ ३१ बाट

मंगलबार, १२ जेठ २०७२

काठमाडौं १२ जेठ / त्रिभुवन विश्व विद्यालयले स्थगित गरेको स्नातक तह तेश्रो बर्ष सहित सबै संकायका परीक्षा जेठ ३१ गतेबाट गर्ने भएको छ । केन्द्रहरुको अवस्था बुझ्दा परीक्षा गर्न सकिने ठहर भएपछि सबै संकायको स्नातक तह सहित रोकिएका सबै परीक्षा गर्ने निर्णय गरेको नियन्त्रक केशब बाँस्तोलाले बताए । 'कम्पले क्याम्पस भवनहरुमा क्षती पुर्याएका कारण यस बर्ष धेरै केन्द्रहुने उनले बताए । 'यस अघि एउटा केन्द्रमा १२–१५ सय विद्यार्थी हुनेमा यसपटक ४–५ सय विद्यार्थी मात्रै राखेर परीक्षा चलाईने छ,' उनले भने 'विद्यार्थीहरुलाई भुई तल्ला र पहिलो तल्लामा मात्रै राखिनेछ, उनीहरुको सुरक्षामा ध्यान दिईने छ ।'

उनका अनुसार परीक्षा तालिका बुधबार सार्वजनिक गरिने छ ।   

त्रिविले जेठ १४ गतेका लागि तय गरेको स्नातक तेश्रो बर्षका सबै संकायका परीक्षा र सोहि दिन देखि शुरु हुने प्रविणता प्रमाणपत्र तह दोश्रो बर्षको परीक्षा स्थगित गरेको थियो । यस्तै वैशाख १६ गते देखि तय भएको तीन बर्षे एलएलएम दोश्रो बर्षको परीक्षा, वैशाख २२ गते देखि शुरु हुने गरी तय भएको विए एलएलवि पाँचौ बर्षको परीक्षा र वैशाख २५ गते देखि हुने गरी तय भएको काउन्सिलिङ् साईकोलोजीको परीक्षा स्थगित गरेको थियो ।

यो पनि पढ्नुहोस्  त्रिविले लिने परीक्षा कहिले देखि ?

प्रतिक्रिया