Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

ख्वप विश्वविद्यालय विधेयक अब संसदमा

बुधबार, १२ भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ख्वप विश्वविद्यालय विधेयकलाई पहिलो प्राथमिकतामा दिएर संसदमा पेश गर्ने जनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले विधेयक अर्थ मन्त्रालयबाट राय सहित फिर्ता भइसकेकोले अब संसदमा पेश गर्न लागेको बताइन् । 

‘ख्वपका विषयमा संसदमा बारम्बार कुरा उठिरहेको छ’ उनले भनिन् ‘यसलाई अब चाँडै संसदमा पेश गर्छौ । अब संसदमा छिटो ल्याउ भन्नु पर्ने अवस्था छैन ।’ 

अर्थबाट आएको विधेयक अब कानुन मन्त्रालयमा थप रायको लागि पठाउनु पर्ने हुन्छ । विधेयक टुङ्ग्याउने प्रक्रिया झण्झटिलो रहेको मन्त्री भट्टराईले बताइन् । 

प्रतिक्रिया