Edukhabar
आइतबार, ३० भदौ २०८१
गतिविधि

विदेशी सम्बन्धनका तीन कलेजमा भर्ना गर्न रोक, भर्ना गर्न सकिने कलेजको सूची सहित

मन्त्रालयले ५६ वटा कलेजमा मात्रै भर्ना आग्रह गरेको छ

बुधबार, ३० साउन २०८१

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा भर्ना गर्न रोक लगाएको छ । 

मन्त्रालयले ती कलेजमा भर्ना गर्न नगर्न अभिभावकलाई आग्रह गरेको हो । मन्त्रालयका अनुसार जनकपुरको कश्यप इन्स्टिच्युट  अफ इन्जिनियरिङ, बानेश्वरको ग्लोबल इन्टरनेशनल कलेज, नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा भर्ना रोक लगाएको हो ।

कश्यपको समकक्षता सम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबलको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको स्थानान्तरण प्रक्रियामा रहेकोले विद्यार्थी भर्ना नगर्न मन्त्रालयले आग्रह गरेको हो । 

मन्त्रालयले ५६ वटा कलेजमा मात्रै भर्ना आग्रह गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखापरिक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेको सूची मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्स सम्बन्धी कलेजमा स्नातक र माथिल्लो तहको कार्यक्रममा विद्यार्थी भर्ना भर्ना नगर्न नगराउन सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

 

1

235 67

 

 

प्रतिक्रिया