Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

शिक्षक किताबखानाको वेभसाइट ह्याक, कार्यालय प्रमुख बेखबर

देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाख भन्दा बढि शिक्षकहरुको विवरण रहने निकायको वेभसाइड ह्याक भएर अरुको नियन्त्रणमा

बुधबार, २३ साउन २०८१

काठमाडौं - शिक्षक किताबखानाको वेभसाइट ह्याक भएको छ । दुई दिन देखि कार्यालयको वेभसाइट ह्याक हुँदा पनि कार्यालय प्रमुख भने बेखबर छन् । 

‘तीन, चार दिन अघि डाउनलोड हुँदैन भन्ने चाँही सुनेको थिएँ तर, हयाक भएको चाँहि थाहा छैन’ किताबखानाका प्रमुख युवराज पौडेलले भने, ‘के भएको रहेछ प्राविधिक सँग बुझ्छु ।’ 

राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाख भन्दा बढि शिक्षकहरुको विवरण रहने निकायको वेभसाइड ह्याक भएर अरुको नियन्त्रणमा पुग्दा समेत शिक्षक किताबखानाले त्यसलाई व्यवस्थापन गर्न चासो दिएको छैन । 

प्रतिक्रिया