Edukhabar
बुधबार, १० पुस २०८१
गतिविधि

कक्षा १२ को नतिजा : माथिल्लो जीपीए प्राप्त विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१

नतिजाको विस्तृत विवरण सहित

शुक्रबार, १८ साउन २०८१

भक्तपुर - कक्षा १२ को नतिजामा तीन दशमलब ६१ देखि चार जीपीए सम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार पाँच सय ९१ रहेको छ । यी मध्ये उक्त समूहमा सबै भन्दा धेरै बागमती प्रदेशबाट छ हजार सात सय ५२ विद्यार्थी छन् । यो समूहका सबै भन्दा कम कर्णाली प्रदेशमा २४ जना विद्यार्थी छन् । 

यसैगरी तीन दशमलब २१ देखि तीन दशमलब ६० सम्म जीपीए ल्याउने विद्याथी संख्या ४६ हजार आठ सय ९३ रहेको छ । यस्तै सबै भन्दा धेरै दुई दशमलब ८१ देखि तीन दशमलब २० सम्म विद्यार्थी उत्तीर्ण भएका छन् । यो समूहमा ७८ हजार ७५ विद्यार्थी छन् । 

उत्तीर्ण भएका दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी मध्ये छात्राको संख्या एक लाख नौ सय ९७ र छात्रको संख्या एक लाख दुई हजार आठ सय ३२ रहेको छ । नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्‌ग्रेडेड भएका छन् ।

शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा अनुसार ५२ प्रतिशत दशमलब ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजाको विस्तृत विवरण माथि हेर्नुहोस् !

 

प्रतिक्रिया