Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

के छ प्रधानमन्त्रीले रोकेको नीति तथा कार्यक्रममा ? [२० पृष्ठको दस्तावेज सहित]

छापेर सभामा वितरण गर्न ल्याई सकिएको २० पृष्ठको पुस्तिका अन्तिम समयमा वितरण गरिएन । के छ उक्त पुस्तिकामा ? पढ्नुहोस् जस्ताको त्यस्तै

मंगलबार, १५ साउन २०८१

काठमाडौं - प्रधानमन्त्रीको दवावका कारण अन्तिम समयमा रोकिएको त्रिभुवन विश्वविद्यालयको आगामी बर्षको नीति तथा कार्यक्रम २० पृष्ठको छ । कीर्तिपुरमा रहेको विश्वविद्यालयको आफ्नै छापाखानामा छापिएको उक्त दस्तावेजमा उल्लेख विषय र सन्दर्भ प्रति प्रधानमन्त्री केपी ओलीको असन्तुष्टि रहेको थियो । सोही असन्तुष्टिले मंगलबार आयोजित विश्वविद्यालय सभाको दोश्रो सत्रमा उपकुलपति प्रा.डा. केशरजंग बरालले पेश गर्न तयार आर्थिक बर्ष २०८१ ८२ का लागि विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकिएको थियो । 

अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा आफैंले लुकाएको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा नीति तथा कार्यक्रम बने पछि प्रधानमन्त्री ओली क्रुद्ध भएका हुन् । बरालले सभामा पेश गर्न लागेको दस्तावेजको बुँदा नम्बर ३.४ को पुनःसंरचना शिर्षकमा उल्लेख विषयमा प्रधानमन्त्रीले  आपत्ति जनाउँदै नीति तथा कार्यक्रम नै रोक्न निर्देशन दिएका हुन् ।  बरालले प्रस्तुत गर्न लागेको दस्तावेजको उक्त बुँदामा विश्वविद्यालयको पुनःसंरचना गर्न ऐन नियमको संशोधन प्रकृया शुरु गर्ने उल्लेख छ । 

'उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव अनुसार विश्वविद्यालयको पुनःसंरचना गरिने छ' उक्त बुँदामा भनिएको छ । 

पढ्नुहोस् यो खबर : प्रधानमन्त्रीको दवावमा अन्तिम समयमा रोकियो नीति तथा कार्यक्रम

उपकुलपति बरालले पेश गर्न तयार पारेर विश्वविद्यालय सभामा उपस्थित सभासद्हरुलाई वितरण गर्न उक्त २० पृष्ठको पुस्तिका ल्याई सकिएको थियो । तर, अन्तिम समयमा वितरण गरिएन । के छ उक्त पुस्तिकामा ? पढ्नुहोस् जस्ताको त्यस्तै 


 

प्रतिक्रिया