Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

नयाँ मन्त्री आए पछि शिक्षामा कर्मचारी सरुवा

निजी सचिवमा भट्टराई नियुक्त, यस अघि सुमना श्रेष्ठले मन्त्रालयबाट हटाउन चाहेका शाखा अधिकृतलाई शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा सरुवा

सोमबार, १४ साउन २०८१

काठमाडौं - नयाँ शिक्षा मन्त्री आएको १५ दिन पछि शिक्षा मन्त्रालयमा कर्मचारी सरुवा गरिएको छ । विभिन्न निकायमा रहेका १२ जना शाखा अधिकृत र १२ जना उपसचिव गरी २४ कर्मचारीको सरुवा गरिएको हो । 

गत असार ३१ गते नियुक्त भएकी शिक्षा मन्त्री विद्या भट्टराईले आफ्नो निजी सचिवमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उपसचिव गणेश भट्टराईलाई लगेकी छन् । भट्टराईले मन्त्रीको निजी सचिवका रुपमा काम काज शुरु गरिसकेका छन् ।

आईतबार सरुवा गरिएका कर्मचारी मध्य मन्त्री सुमना श्रेष्ठले यस अघि नै सरुवा गर्न चाहेकी   शाखा अधिकृत नगेन्द्र प्रसाद दाहाललाई शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा सरुवा गरिएको छ । यस अघि तत्कालिन मन्त्री श्रेष्ठले कर्मचारी संगठनका नेता समेत रहेका दाहाललाई सामान्य प्रशासन मन्त्रालयको सहमती लिएर भाषा आयोग पठाउन खोजेकी थिईन् ।

आईतबार सरुवा भएका कर्मचारीको विवरण हेर्नुहोस् : 
 

प्रतिक्रिया