काठमाडौँ - राष्ट्रिय सभाबाट पारित भइसकेको नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको समितिमा थन्किएको छ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विधेयक उपसमितिले नटुङ्ग्याए पछि अधुरै रहेको हो ।
त्यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभा सैद्धान्तिक छलफल हुदैछ । धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने गरी सरकारले विधेयक अघि बढाएको थियो । राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधिसभामा पारितको लागि सरकारले अघि बढाएको हो ।
०८० असार १८ मा राष्ट्रिय सभाबाट पारित भएको नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा छ । दफावार छलफलको क्रममा रहेको विधेयकको विवादित पक्ष टुङ्ग्याउन उपसमिति गठन गरिएको छ । माओवादी सांसद देवेन्द्र पौडेल संयोजक रहेको उपसमिति गठन गरेको छ ।
उपसमितिमा विद्या भट्टराई र बद्री पाण्डे रहेको दुवै जना मन्त्री भएपछि विधेयक अलपत्र परेको हो । समितिका उपसचिव पुष्प खनालले भट्टराई र पाण्डे मन्त्री भए पछि डिगबहादुर लिम्बु र दीपा शर्मा उपसमितिमा चयन भएको बताए । तिलगंगा नेत्र विश्वविद्यालय राष्ट्रिय सभामा रहेको छ ।
*शिर्षकमा सम्पादन गरिएको - सं.
प्रतिक्रिया