Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

एसईई नतिजा : पुनर्योगमा ५ प्रतिशतको परिवर्तन

पुनर्योग गर्दा काठमाडौंको विश्वनिकेत विद्यालयमा चार जीपीए ल्याउने एक जना थपिएको छ । एसईई दिएका विद्यार्थीको प्राप्ताङ्क एउटा नतिजा अर्कै आएपछि कमजोरी गर्नेको पहिचान गरेर कारबाही गरिने

विहीबार, १० साउन २०८१

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा चित्त नबुझेर पुनर्योग गर्दा पाँच प्रतिशतको परिवर्तन भएको छ । 

बोर्डमा परेको १८ हजार ६ सय १२ जनाको पुनर्योगको लागि अनलाइन आवेदन परेकोमा ११ हजार तीन सय ३१ जनाको उत्तर पुस्तिका हरेर नतिजा समेत सार्वजनिक गरिसकेको शिक्षा मन्त्री विद्या भट्टराईले बताईन् ।

पुनर्योग गर्दा यसअघिको नतिजामा लापरबाही पाइएको सञ्चार माध्यममा समाचार आएपछि मन्त्रालयले बोर्डका पदाधिकारीसँग बैठक राखेको थियो । छलफलमा कमजोरी पहिचान गर्न निर्देशन दिइसकेको उनले बताईन् । पुनर्योगका लागि आवेदन दिएर उत्तर पुस्तिका हेर्दा ६ सय २१ जनाको नतिजा परिवर्तन भएको मन्त्री भट्टराईले बताईन् ।

पुनर्योगको लागि निवेदन दिएर उत्तर पुस्तिका हेर्दा ५.४८ प्रतिशतको नतिजा सुधार भएको पाइएको छ ।

‘चेकिङमा इरर छ । पोष्टिङ गर्दा, इण्ट्री गर्दा समस्या छ,’उनले भनिन् ‘पहिला पूरक परीक्षा सक्नु पर्नेछ । परीक्षा सकिए पछि बोर्डसँग बसेर कसको कमजोरीले यसरी विद्यार्थीको नतिजा लापरबाही भएको हो ? पत्ता लगाउन भनिसकेको छ । जे निष्कर्ष आउँछ । कारबाही गर्नु पर्ने हो कि के गर्नु पर्ने हो गर्छौँ ।’

एसईईको नतिजालाई मन्त्रालयले गम्भीर रूपमा लिएको उनले बताईन् । पुनर्योग गर्दा काठमाडौंको विश्व निकेतन माविमा चार जीपीए ल्याउने एक जना थपिएको प्रधानाध्यापक हेरम्बराज कडेलले बताए । सुरुमा ३ दशमलब ९५ जीपीए रहेको विभब ढकालको पुनर्योग गर्दा चार जीपीए आएको उनले बताए । यो संगै यो विद्यालयमा चार जीपीए ल्याउने विद्यार्थीको संख्या पाँच पुगेको छ । 

प्रतिक्रिया