Edukhabar
शुक्रबार, ०२ कार्तिक २०८१
गतिविधि

शिक्षामा घुस काण्ड, संसदमा रुलिङको माग

गृहमन्त्री र प्रधानमन्त्री उपर रुलिङ गर्न र आगामी तीन दिन भित्र संसदलाई जानकारी गराउन सत्ताधारी दलकै सांसदको माग ।

मंगलबार, ०८ साउन २०८१

काठमाडौं - सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ घुस खुवाउनु परेको सांसदको आरोपको विषय माथि संसदका रुलिङको माग उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सत्ताधारी दल नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उक्त माग गरेका हुन् । सांसदले नै घुस खुवाउनु परेको बताउँदा समेत संसदले नजर अञ्दाज गरेको भन्दै उनले आपत्ति समेत जनाए ।  

'हिजो संसदमा प्रश्नोत्तरमा भाग लिदैं प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नु भयो, यो ५ हजार घुसको कुरा के हो ? भ्रष्टाचार हो कि हैन ?' प्रश्न गर्दै उनले भने 'एउटा पूर्व मन्त्री र सांसदले समेत घुस दिनु पर्ने अवस्था पछि पनि हाउस किन चुप बसेको छ ?' 

यस्तो विषय संसदमा प्रस्तुत भए पछि सभामुखले नै रुलिङ गर्ने अपेक्षा गरेको भए पनि संसदले वास्ता नगरे पछि आफैंले रुलिङको माग गर्नुपरेको उनले बताए । शिक्षा मन्त्री, गृहमन्त्री र प्रधानमन्त्री उपर रुलिङ गर्नका लागि र आगामी तीन दिन भित्र जानकारी गराउन उनले अनुरोध गरेका छन् । 

जनता समाजवादीका सांसद विरेन्द्र महतोले छोराको १० र १२ कक्षाको सर्टिफिकेटको समकक्षता लिन पाँच हजार रुपैंया घुस दिनु परेको गत आईतबार संसदको रोष्टम बाटै बोलेका थिए । उनको उक्त अभिव्यक्ति पछि एडुखबरले बिस्तृत रिपोटिङ् गरेको थियो । 

पढ्नुहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’

सांसदको अभिव्यक्ति पछि उक्त शाखाका कर्मचारीलाई जिम्मेवारीबाट हटाईएको छ । यस विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले समिति गठन गरिसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव वसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । 

पढ्नुहोस् : शिक्षाको 'घुस काण्ड' छानबिन गर्न समिति गठन

प्रतिक्रिया