Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

काठमाडौँ महानगरको छात्रवृत्तिको नतिजा आज आउँदै

चार हजार ६ सय २९ कोटाको लागि १० हजार १ सय ७१ जनाले परीक्षा दिएका छन् ।

सोमबार, ०७ साउन २०८१

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले लिएको छात्रवृत्ति परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

महानगरले शुक्रवार लिएको परीक्षामा १० हजार १ सय ७१ जनाले परीक्षा दिएका छन् । नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सल्लाहकार सस्मित पोखरेलले बताए । ‘नतिजा आज सार्वजनिक गर्छौ,’उनले भने । 

महानगरले चार हजार ६ सय २९ कोटाको लागि आवेदन माग गरेको थियो । सबैभन्दा बढी आवेदन विज्ञान विषयमा परेको छ । एक सय चार स्कुलको एक हजार सात सय ५७ कोटाको लागि आठ हजार चार सय ९७ जनाले आवेदन दिएका छन् । त्यस्तै व्यवस्थापन तर्फ एक सय ७० विद्यालयको दुई हजार चार सय ९३ कोटाको लागि दुई हजार पाँच सय ८१ विद्यार्थीले आवेदन दिएका छन् । त्यस्तै कानुन समूह तर्फ ४७ वटा स्कुलको लागि एक सय ३६ जनाको छात्रवृत्ति कोटामा एक सय ५३ जनाले आवेदन दिएका छन् । मानविकी समूहको एक सय ५१ विद्यालयमा एक सय ७३ कोटामा जम्मा १३ जनाले मात्रै आवेदन दिएका छन् ।

 

 

प्रतिक्रिया