Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

विद्यार्थीसंग समन्वय गर्न शिक्षा मन्त्रालयले तोक्यो 'फोकल पर्सन'

आइतबार, ०६ साउन २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बङगलादेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीसंग समन्वय गर्न हटलाइन सेवा सुरु गरेको छ । मन्त्रालयले शाखा अधिकृत इश्वरकुमार श्रेष्ठलाई फोकल पर्सन तोकेर विद्यार्थीसंग समन्वय गर्न लागेको हो । 

मन्त्रालयले आइतबार विज्ञप्ती जारी गरेर बङगलादेशमा जारी पछिल्लो विकसित घटनाक्रमले समस्यामा परेमा नेपाली विद्यार्थीलाई थप समन्वय गर्नु परेमा श्रेष्ठलाई जुनसुकै बेला सम्पर्क गर्न सकिने उल्लेख छ । मन्त्रालयले ९८५११६०७८९ नम्बरमा फोन, ह्वाट्स एप मार्फत सम्पर्क गर्न सकिने जनाएको छ । विद्यार्थीको अवस्थाको बारेमा मन्त्रालयबाट निरन्तर रुपमा परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रही आवश्यक सूचनाको आदान प्रदान भइरहेको प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । परराष्ट्र मन्त्रालयबाट सम्पूर्ण नेपाली विद्यार्थी सुरक्षित रहेको र सहजताका लागि निरन्तर प्रयास भईरहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा स्वतन्त्रता सेनानीका सन्तालाई केन्द्रित गरिएको आरक्षण कोटाका विरुद्ध विद्यार्थी आन्दोलित भईरहेका छन् । उक्त आन्दोलन क्रमशः सत्ता विरुद्ध लक्षित हुँदै गएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले सम्म एक सय ५० को मृत्यु भईसकेको जनाईएको छ । 

हिंसा तिव्र भएसँगै बङगलादेशको सर्वोच्च अदालतले गत जेठमा जारी भएको आरक्षण कोटा प्रणाली खारेज गरेको छ । अब, सरकारी जागिरमा ९३ प्रतिशत प्रतिस्पर्धाकै आधारमा छनोट हुने छ । यस अघि उक्त प्रतिशत ५६ थियो । 

प्रतिक्रिया