Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

नवनियुक्तलाई निवर्तमान शिक्षा मन्त्रीको 'व्यङ्यात्मक' शुभकामना !

सोमबार, ३१ असार २०८१

काठमाडौं - नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईलाई निवर्तमान मन्त्री सुमना श्रेष्ठले 'व्यङ्यात्मक' शुभकामना व्यक्त गरेकी छन् । सत्ता समिकरण बदलिएसँगै बनेको गठबन्धनमा एमालेका तर्फबाट शिक्षा मन्त्री बनेकी भट्टराईलाई शिक्षा क्षेत्रमा व्याप्त दलीय राजनीति मुक्त क्षेत्र बनाउन श्रेष्ठले शुभकामना दिएकी छन् । 

आफ्नो कार्यकालमा दल आवद्ध शिक्षकलाई दल त्याग गर्न र दलगत आवद्धताका आधारमा शिक्षा क्षेत्रमा हुने नियुक्ति रोक्न प्रयास गरेकी श्रेष्ठले उक्त कार्य निरन्तर रहने विश्वास लिएको बताएकी छन् । 

एक्स ह्याण्डल मार्फत् दिईएको शुभकामनामा उनले लेखेकी छन् : यहाँको  कार्यकालमा दलीय राजनीति मुक्त शिक्षा क्षेत्र बनाउने प्रयासले अझ जोडतोडका साथ निरन्तरता पाउनेछ भन्ने विश्वास लिएकी छु ।

आफू मन्त्री हुँदा उनले विद्यालय तहका शिक्षकलाई राजनीतिमा लाग्न नपाइने कानुनी प्रावधान कार्यान्वयन गर्ने निर्णय गरेकी थिईन् । 

पढ्नुहोस् : शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्ने तयारी 

श्रेष्ठको उक्त निर्णय प्रति मुख्य राजनीतिक दल आवद्ध शिक्षकहरुले आपत्ति जनाएका थिए । आफ्नो संगठन नभएकोले संगठन भएका दलहरुलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको उनीहरुको आरोप थियो । शिक्षकहरुको उक्त आरोप प्रति मुख्य दलका केही नेताहरुले समेत समर्थन गरेका थिए । माओवादी सांसद देवेन्द्र पौडेलले त संसदमै शिक्षकहरुको 'डिएनए टेष्ट' गर्न जरुरी नरहेको अभिव्यक्ति दिएका थिए । 

पढ्नुहोस् : पूर्व शिक्षा मन्त्री भन्छन् : शिक्षकको डीएनए परीक्षण गर्दै हिँड्न जरुरी छैन

यस्ता तर्कहरु सार्वजनिक भएपछि मन्त्री श्रेष्ठले पनि उक्त कदमबाट पछि नहट्ने अभिव्यक्ति दिएकी थिईन् । सास रहुन्जेल दलीयकरण विरुद्ध लड्ने उनको घोषणा थियो । 

पढ्नुहोस् : शिक्षकको 'डीएनए' मात्रै हैन 'आरएनए' पनि टेष्ट गरिन्छ !

आफ्नो निर्णय पछि ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता परित्याग गरेको तथ्याङ्क उनले सार्वजनिक गरेकी थिईन् । 

पढ्नुहोस् :  २० जना शिक्षक शिक्षण पेसा छाडेर राजनीतिमा, सास रहुन्जेल दलीयकरण विरुद्ध लड्ने मन्त्रीको घोषणा

यही पृष्ठभूमीमा श्रेष्ठले नवनियुक्त शिक्षा मन्त्री भट्टराईलाई 'व्यङ्यात्मक' शुमकामना व्यक्त गरेकी हुन् । 

प्रतिक्रिया