Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

विदेशी सम्बन्धनका कलेजको अध्ययन प्रतिवेदन सार्वजनिक [प्रतिवेदन सहित]

मंगलबार शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सरकारसंग गरेको कबुलियतनामा अनुसार कलेजहरुले सर्त पालना नगरेको उल्लेख छ ।

मंगलबार, १८ असार २०८१

काठमाडौं - विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरुको अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । गत बैशाख १४ गते पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले गत जेठ ३२ गते शिक्षा मन्त्री सुमना श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । समितिको सदस्यमा प्रा.डा. राजेश कुमार राई सदस्य थिए भने शिक्षा मन्त्रालयका उपसचिव परशुराम तिवारी सदस्य सचिव थिए । 

मंगलबार शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सरकारसंग गरेको कबुलियतनामा अनुसार कलेजहरुले सर्त पालना नगरेको उल्लेख छ । 

मन्त्रालयका अनुसार ५९ कलेजले विदेशी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रतिवेदनले भने यी कलेजहरुले देखावटी परीक्षा गरेर विद्यार्थी उत्तीर्ण गरेको, नियम अनुसार छात्रवृति नदिएको उल्लेख गरेको छ । प्रतिवेदनमा वर्ल्ड ¥याङकिङमा पाँच सय भित्र परेका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै नेपालमा पढाउन दिनु पर्ने लगायतका सुझाव छन् । 

यही विषयसँग सम्बन्धित अन्य खबर पढ्नुहोस् :

शिक्षा मन्त्रीको अध्यक्षतमा गठित सिफारिस समिति खारेज गर्न सुझाव

विदेशी विश्वविद्यालयको कार्यक्रम चलाउन 'वर्ल्ड र्‍याङक'को पाँच सय भित्र हुनु पर्ने

 विदेशी डिग्रीमा बेथिति :  वर्ल्ड र्‍याङकिङको हजार भित्र नपरेका विश्वविद्यालयको कार्यक्रम छ्याप्छ्याप्ती !

प्रतिवेदन जस्ताको त्यस्तै :


 

प्रतिक्रिया