Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

विदेशी विश्वविद्यालयको कार्यक्रम चलाउन 'वर्ल्ड र्‍याङक'को पाँच सय भित्र हुनु पर्ने

एउटा कलेजले चार वटा कार्यक्रम मात्रै चलाउन पाउने

मंगलबार, १८ असार २०८१

काठमाडौं - विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम चलाएका कलेज नियम विपरीत सञ्चालन भएको सरकारी अध्ययनले देखाएको छ । पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा शिक्षा मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानविन समितिले उच्च शिक्षा अध्ययन गराउने कलेजले सरकारसंग गरेको कबुलियतनामा अनुसार सर्त पालना नगरेको ठहर गरेको छ । 

मन्त्रालयका अनुसार ५९ कलेजले विदेशी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यी कलेजहरुले देखावटी परीक्षा गरेर विद्यार्थी उत्तीर्ण गरेको, नियम अनुसार छात्रवृति नदिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । 

गत बैशाख २४ गते गठित छानविन समितिले जेठ ३२ गते शिक्षा मन्त्री सुमना श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । छानविन समितिले वर्ल्ड र्‍याङकिङमा पाँच सय भित्र परेका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै नेपालमा पढाउन दिनु पर्ने सुझाव दिएको छ । अहिले एक हजार वर्ल्ड र्‍याङ भएका कलेजलाई मात्रै अनुमति दिने कानुनी व्यवस्था छ । यही प्रावधान पनि ४८ वटा कलेजले पुरा गर्न सकेका छैनन् । 

नेपालका विश्वविद्यालयहरुमा पढाई हुने कार्यक्रम चलाउन पर्यो भने पाँच सय र्‍याङकको हनु पर्ने र नेपालमा पढाई नहुने र्काक्रम सञ्चालन गर्ने हो भने विश्व र्‍याङकमा हजार भित्र परेको विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनु पर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

यो खबर पढ्नुहोस् : विदेशी डिग्रीमा बेथिति :  वर्ल्ड र्‍याङकिङको हजार भित्र नपरेका विश्वविद्यालयको कार्यक्रम छ्याप्छ्याप्ती !

त्यस्तै एउटा कलेजले बढिमा एउटा विश्वविद्यालयको मात्रै अनुमति दिनु पर्ने सुझाव दिएको छ । छानविन समितिले एउटा विश्वविद्यालयको चार वटा कार्यक्रम सञ्चालन गर्न अनुमति दिनु पर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया