Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

विदेशी डिग्रीमा बेथिति :  वर्ल्ड र्‍याङकिङको हजार भित्र नपरेका विश्वविद्यालयको कार्यक्रम छ्याप्छ्याप्ती !

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकामा वर्ल्ड र्‍याङकिङको एक हजार भित्र परेका विश्वविद्यालयको मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ ।

मंगलबार, १८ असार २०८१

काठमाडौं - विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने  * ४७ वटा कलेजका विश्वविद्यालय वर्ल्ड र्‍याङकिङको एक हजार भित्र नभएको पाइएको छ । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकामा वर्ल्ड र्‍याङकिङको एक हजार भित्र परेका विश्वविद्यालयको मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ । 

सत्तामा रहेका दल र मन्त्रीलाई आर्थिक प्रभावमा पारेर वर्ल्ड र्‍याङकमा एक हजार पनि नभएका विदेशी विश्वविद्यालयका कार्यक्रम काठमाडौं उपत्यका र मुख्य शहरमा सञ्चालन भईरहेका छन् ।  

नविकरण भएका विदेशी कलेजहरुको विवरण माग गर्दै एडुखबरले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सूचनाको हकको व्यवस्था अनुसार हालेको निवेदन पछि प्राप्त सूचना केलाउँदा उक्त तथ्य भेटिएको हो । सोही निवेदनका आधारमा मन्त्रालयले उपलब्ध गराएको कलेजको विवरण अनुसार उच्च शिक्षा अध्ययन गराउने ५९ वटा कलेज छन् ।

निर्देशिकामा भनिएको छ ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को दफा ३ उपदफा (ड) मा नेपालमा कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको कार्यक्रम timeshighereducation.comshanghairanking.com को वरियतामा रहेका उत्कृष्ट एक हजार भित्र रहेको हुनु पर्नेछ ।’  

मन्त्रालयले अनुमति दिएको ५९ कलेजले सहकार्य गरेको विश्वविद्यालय दुबै वेभसाइटमा विश्व ¥याङकको एक हजार भित्र छैनन् । तीनै विश्वविद्यालयको सम्बन्धनमा नेपालमा * ४७ वटा कलेज सञ्चालनमा छन् । मन्त्रालयले सम्बन्धन दिँदा र नविकरण गर्दा निर्देशिका पालना भए नभएको अनुगमन नगर्दा बिकृति बढ्दै गएको विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन र व्यवस्थापनको सुझाव दिन गठित छानविन समितिका एक सदस्यले बताए । 

‘जति पनि कलेजहरु चलेका छन् भद्रगोल छन् । पुहँचको भरमा अनुमति दिएको छ । पैसाको भरमा कार्यक्रम थप भएका छन् । एक ठाउँमा अनुमति लिएको हुन्छ त्यही कलेज अर्को ठाउँमा सारेका छन्’ ती सदस्यले भने ‘यस्ता विकृति रोक्न शल्यक्रिया नै गर्नु पर्ने हुन्छ ।’ 
शिक्षा मन्त्रालयका उच्च अधिकारीले एक हजार र्‍याङकिङमा नपरेका कलेजलाई निर्देशिका संशोधन गरेर कसरी नियमन गर्ने भन्ने विषयमा छलफल जारी रहेको बताए ।

नेपालमा सञ्चालित त्यस्ता कलेजको विस्तृत विवरण : 

* यस अघि प्रकाशित सूचीमा भएको त्रुटि सच्याईएको - सं.

प्रतिक्रिया