Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

एसईई दिएका छात्रा मध्ये ५५ प्रतिशतको एनजी, छात्रको ५१ प्रतिशत

एनजी ल्याउने छात्र छात्राको प्रदेशगत तुलना

आइतबार, १६ असार २०८१

काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा एसईई मा छात्र भन्दा छात्राको नतिजा तुलनात्मक रुपमा कमजोर छ । परीक्षा दिने मध्ये १ हजार ७ सय ५७ छात्र बढि थिए । नतिजामा भने एनजी आउनेमा छात्रको तुलनामा १४ हजार २ सय ९ जना छात्रा बढी छन् । 

परीक्षा दिएका मध्ये ४४ दशमलब ५९ प्रतिशत छात्रा मात्रै ११ कक्षा पढ्न पाउने भएका छन् भने छात्र ५१ प्रतिशत छन् । दुई  लाख ३१ हजार पाँच सय तीन छात्राले परीक्षा दिएकोमा एक लाख २८ हजार दुई सय ५७ अर्थात् ५५ प्रतिशतको नतिजा एनजी आएको छ । त्यस्तै दुई लाख ३३ हजार दुई सय ७० छात्रले परिक्षा दिएकोमा एक लाख १४ हजार ४८ छात्रले एनजी ल्याएका छन् । राष्ट्रिय रुपमा औषत ४७ प्रतिशतको मात्रै एनजी भएकोमा परीक्षा दिएका मध्ये ५५ दशमलब ४० प्रतिशतको एनजी देखिएको हो । 

छात्राको नतिजा सबै भन्दा कमजोर सुदुरपश्चिममै देखिएको छ । सुदुरपश्चिममा परीक्षा दिएका मध्ये ३१ दशमलब ८८ प्रतिशत विद्यार्थीले मात्रै ११ कक्षाको पढ्न पाउने नतिजा आएको छ । त्यस्तै लुम्बिनीमा ३८ प्रतिशत, कर्णालीमा ४१ प्रतिशत, कोशी र मधेशमा ४७ प्रतिशत छात्राको मात्रै नतिजामा एनजी छैन । छात्राको सबै भन्दा राम्रो बागमती प्रदेशमा मात्रै छ । बागमतीमा ६६ प्रतिशत छात्राले कक्षा ११ पढ्न पाउने छन् । लुम्बिनीमा ५० प्रतिशत छात्राले एसईईमा एनजी छैन । 

एनजी ल्याउने छात्र छात्राको प्रदेशगत तुलना (प्रतिशतमा)

प्रदेश     परीक्षामा सहभागि     एनजी (छात्र)        एनजी (छात्रा) 
कोशी          ७५९८८                    ५१.५९                 ५३.३८            
मधेश          ७९५९२                     ४७.६७                ५८.९१
बागमती       ९९८७२                     ३१.६०                 ३६.२७
गण्डकी        ४०५२६                     ४८.३६                ५१.७३
लुम्बिनी        ८०३२७                        ५.२३                ६४.२५
कर्णाली        ३५०३४                      ५५.९४                ५८.१७
सुदुरपश्चिम   ५३४४६                       ६२.१७                ६८.१२

प्रतिक्रिया